विराटनगर, पुस ४ । विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा आयोजना भइरहेको विराट एक्स्पोले बेरोजगारहरू युवायुवतीहरूलाई आकर्षण गरेको छ । एक्स्पोमा रहेको श्रम तथा रोजगार पेभिलियनमा राखिएको रोजगार मेलाको स्टलमा आएर फर्म भर्ने र रोजगार सम्बन्धी जानकारी लिनेहरूको संख्या उल्लेख्य रहेको छ । एक्स्पोमा राखिएको रोजगार मेलाको स्टलमा हालसम्म २ सय जना बढीले विभिन्न पदमा रोजगारीका […]
विराटनगर, पुस १ । उद्योग संगठन मोरङले विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा आयोजना गरेको विराट एक्स्पोमा राखिएको परम्परागत सीपका स्टल अवलोकनकर्ताहरूको आकर्षणको केन्द्र बनेको छ । पुस ६ गतेसम्म सञ्चालन हुने ‘विराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’मा माटाका भाँडा र कपडा बनाएको धेरै जसोले नदेखेका कारण परम्परागत रुपमा माटोको भाँडा बनाउने र ढाका […]
विराटनगर, २९ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले औद्योगिक क्षेत्रका समस्या समाधान गर्न सरकारलाई आग्रह गर्नुभएको छ । आजदेखि विराटनगरमा आयोजना भएको विराट एक्स्पोको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले औद्योगिक क्षेत्रका समस्या समाधान गर्न सरकारलाई आग्रह गर्नुभएको हो । राष्ट्रपति भण्डारीले विगतमा देशको प्रमुख औद्योगिक क्षेत्र रहेको विराटनगर पछिल्ला वर्षहरूमा आफ्नो गौरव कायम गर्न संघर्ष गरिरहेको बताउनुभयो […]
विराटनगर, २२ मंसिर । अटोमोवाइल्स व्यवसायीहरुले सवारी साधनहरुको आयात खुलेपनि राष्ट्र बैंकको नीतिका कारण गाडी बिक्री गर्ने वातावरण नभएको भन्दै आन्दोलनमा उत्रिएका छन् । मोरङ अटोमोबाइल्स डिलर्स एसोसिएसन विराटनगर र नाडा अटोमोवाईल्स एसोसिएशन नेपालले विराटनगरस्थित महेन्द्र चौकमा आज धर्ना दिएका हुन् । उनीहरुले सरकारसँग व्यवसायीमैत्री नीति ल्याउन पनि माग गरेका छन् । अटो व्यवसायीहरुले अगाडि […]
विराटनगर, १८ मंसिर । विराटनगरमा हुन गइरहेको सातौं संस्करणको विराट एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको छ । आगामी मंसिर २९ देखि पुस ६ गतेसम्म विराटनगर महानगरपालिका –१४ स्थित डिग्री क्याम्पसमा हुने औद्योगिक व्यापार मेलाको तयारी पूरा भएको हो । आयोजक उद्योग संगठन मोरङले आज पत्रकार सम्मेलन गर्दै मेलाको तयारी पुरा भएको जानकारी दिएको छ । […]