विराटनगर ८ फागुन । पाथीभरा मुकुमलुङ क्षेत्रमा भएको झडपमा उद्दारका लागि गएका इन्सेक प्रतिनिधिसहित रेडक्रसका प्रतिनिधिलाई नो केवलकार समूहका कार्यकर्ताले आक्रमण गरेका छन् । फुङलिङ नगरपालिका ९ र १० स्थित काफ्लेपाटी क्षेत्रमा नो केवलकार समूहका कार्यकर्ताले इन्सेक प्रतिनिधि एलिना दियाली, नेपाल रेड क्रस सोसाइटी ताप्लेजुङका जिल्ला सभापति इन्द्र गुरुङ र उद्योग वाणिज्य संघ ताप्लेजुङका सभापति […]
विराटनगर ७ फागुन । कोशी प्रदेशमा एक वर्षको अवधिमा परिवारजनबाट ३४ जना महिलाको हत्या भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) ले जनाएको छ । इन्सेक कोशी प्रदेश कार्यालयले वुधवार विराटनगरमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ सार्वजनिकीकरण गर्दै एक वर्षको अवधिमा परिवारजनबाट ३४ जना महिलाको हत्या भएको जनाएको हो । देशभर परिवारजनबाट १ सय जना महिलाको […]
विराटनगर ५ फागुन । नेपालमा जातीय तथा लैङ्गिक आधारमा महिला र बालिकामाथि हुने हिंसा बढ्दो क्रममा रहेको छ । २०२३ को नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवधिभर प्रकाशित विषयवस्तुमा केन्द्रित भएर गरिएको विश्लेषणमा प्रदेशगत रुपमा मधेश प्रदेशमा सवैभन्दा बढी हिंसा हुने गरेको देखिएको छ । आईतबार दलित महिला संघ […]
विराटनगर १ फागुन । सर्वाेच्च अदालतले कोशी प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुली भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । सर्वाेच्चले पराजुलीलाई ६ वर्ष कैद सजाय सुनाएको छ । ६२ लाख ३७ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको सर्वाेच्चले त्यसको दोब्बर एक करोड २२ लाख जरिवाना हुने फैसला गरेको छ । पशुपतिको जग्गामा बालुवाखानी सञ्चालन दिएको […]
विराटनगर २९ माघ । विराटनगर रानी नाका हुँदै भारत जान खोज्ने २०२ जना महिला तथा बालिकालाई माईती नेपाल विराटनगरले रोकेको छ । मानव बेचविखनको जोखिममा परेका उनीहरुलाई सीमाक्षेत्रबाट रोकिएको माइती नेपालले जनाएको छ । गत वर्षको मार्च देखि फेब्रुअरी १० सम्मको अवधिमा २०२ जनालाई सीमाक्षेत्रबाट रोकिएको माईती नेपाल मोरङका संयोजक विनोद पोखरेलले जानकारी दिनुभयो । […]