नियमित खोप लगाउन छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई आज खोप लगाइँदै

विराटनगर ३१ बैशाख । सरकारले नियमित खोप लगाउन छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई आज खोप लगाउँदैछ । देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिना भित्रमा लगाउनुपर्ने नियमित खोप छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई नियमित खोप लगाउँदैछ। सरकारले यही वैशाख १५ गते नियमित खोप दिएको थियो । छुटेका बालबालिकालाई खोप लगाउनका लागि […]

कोशी अस्पताल विराटनगरमा जन्मिए शरीर जोडिएका जुम्ल्याहा

विराटनगर २६ वैशाख । कोशी अस्पताल विराटनगरमा एक जना महिलाले शरीर जोडिएका जुम्ल्याहा सन्तान जन्माएकी छन् । अस्पतालले यस्तो शिशु पहिलोपटक जन्मिएको जनाएको छ । चिकित्सकले यस घटनालाई अनौठो र दुर्लभ मानेका छन् । सप्तरीको कल्याणपुर घर र दुखनीदेवी भगत चौधरी नाम बताउने ३७ वर्षीया महिलाले शरीरको अगाडिको भाग जोडिएका जुम्ल्याहा सन्तान जन्माएकी हुन् । […]

पोषण सचेतनासहित निःशुल्क स्वास्थ्य शिविर

विराटनगर १७ वैशाख । नेपाल पोषण तथा आहार विज्ञान विद्यार्थी समाज धरानले पोषण सचेतनासहित निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । विराटनगर वडा नम्बर १ स्थित दुर्गा मन्दिरमा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतले शिविरको उद्घाटन गर्नुभयो । उहाँले वडा नम्बर १ को शिक्षा र स्वास्थ्यमा पछाडि परेको स्थान छनौट गरेर […]

बाल पुस्तकालयको रक्तदान

विराटनगर १७ वैशाख । विराटनगर ८ को बाल पुस्तकालयले शनिबार गरेको रक्तदानमा २९ पिन्ट रगत संकलन भएको छ । विराटनगर महानगरपालिका वडा नं. ८ का वडाध्यक्ष राम पोखरेलको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा १९ महिला सहित २९ जनाले रक्तदान गरेको पुस्तकालय अध्यक्ष इन्द्रप्रसाद निरौलाले जानकारी दिनुभयो । पछिल्लो समय रगत अभाव भईरहेको अवस्थालाई दृष्टिगत गरि […]

बाल अस्पताललाई काँग्रेस नेता मिनेन्द्र रिजालले गरे ५० लाख सहयोग

विराटनगर १६ वैशाख । झापाको दमकमा सञ्चालनमा आएको किओच बाल अस्पताललाई कांग्रेस नेता एवं पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले ५० लाख रुपैयाँ सहयोग गर्नु भएको छ । डा. रिजालले आफना माता पिताको स्मृतिमा स्थापना गरेको पुन्यश्री फाउण्डेशन मार्फत प्रदान गरेको सो रकम बराबरको बैकिङ चेक आज मोरङको रतुवामाई नगरपालिकामा आयोजित एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको छ । […]