विराटनगर, ४ भदौ । राधाकृष्ण रथयात्राको ५४ औं संस्करण आज विराटनगरमा निकालिदैछ । श्रीकृष्ण जन्माष्टमीको भोलीपल्ट विराटनगरमा राधाकृष्ण रथयात्रा निकालिदै आईएको छ । विराटनगर १ स्थित राधाकृष्ण मन्दिर परिसरबाट शुरु हुने रथ पुन सोही ठाउँमा पुगेर समापन गर्ने गरिएको छ । कोरोना संक्रमणका कारण २ वर्ष सामान्य रुपमा निकालिएपनि यस वर्ष सर्वसाधारणको सहभागितामा रथ निकालिदै […]
विराटनगर २ भदौ । महिपति त्रिलोचन न्यौपाने गोगने स्मृति प्रतिष्ठानको पाँचौं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । संस्थाले ९० बर्ष उमेर पार गरेका न्यौपाने आमा र न्यौपानेका छोरीहरुका साथै ‘भोजपुर गोगने पान्धारे हुँदै आउनु है त्यो माया छ भने’ भन्ने गितका लेखक/सर्जक तायुछाङ लामा (किरण )लाई सम्मानित गरेको छ । लामालाई २५ हजार […]
विराटनगर, २८ साउन । नेपाल भाषा तथा सांस्कृतिक संघ झिः पुच विराटनगरले गाईजात्राका अवसरमा हाँस्यव्यङ्ग्य कविगोष्ठी आयोजना गरेको छ । संघको सभाहलमा आयोजित कार्यक्रममा कविहरुले हाँस्यव्यङ्ग्य सिर्जना प्रस्तुत गरेका थिए । कार्यक्रममा साहित्यकारहरु विवश पोखरेल, खेम नेपाली, मधु पोखरेल, हरि कट्टेल, भरत गुरागाईं, सुमन पोखरेल, शुभलक्ष्मी लम्साल, सरिता लुलाधर, सविना श्रेष्ठ, लक्ष्मी रायमाझी, रोहिणी रसिक, […]
विराटनगर, २८ साउन । प्रजातान्त्रिक विचार समाज मोरङको अध्यक्षमा वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी चयन हुनु भएको छ । समाजको आज विराटनगरमा सम्पन्न १३ औं जिल्ला अधिवेशनले सुवेदीको अध्यक्षतामा १८ सदस्यीय कार्य समिति निर्विरोध चयन गरेको छ । विराटनगर महानगरपालिकाका प्रमुखसमेत रहेका नेपाली कांग्रेस मोरङका उपसभापति नागेश कोइरालाको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले उपाध्यक्षमा रमानाथ भट्टराई, […]
विराटनगर, २७ साउन । कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठान विराटनगरले पत्रकार कमल पौडेल सहित विभिन्न क्षेत्रमा योगदान पुर्याउने चार जना व्यक्तिहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । कृष्णप्रसाद सिग्देलको १३ औं स्मृति दिवसको अवसर पारेर प्रतिष्ठानले पत्रकारिता तर्फ मकालु टिभीका समाचार प्रमुख पौडेललाई पुरस्कृत गरेको छ । पत्रकार पौडेललाई नगद २१ हजार १११ सहित पुरस्कृत गरिएको […]