एमाले उम्मेदवार ढकाल जनता भेट्दै, सुझाव लिँदै

विराटनगर, ३० असोज । नेकपा एमालेका केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नम्बर–४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विनोद ढकालले जनतासँग सुझाव लिँदै हिड्नुभएको छ । मोरङ क्षेत्र नम्बर ४ का जनताको जीवनस्तर उकास्ने प्रमुख एजेण्डा लिएर चुनावी मैदानमा उत्रनुभएका ढकालले त्यस क्षेत्रका जनताको घरदैलोमा पुगेर सुझाव लिन थाल्नुभएको हो । आज ४ नम्बर क्षेत्र अन्तर्गत […]

यौनिक अल्पसंख्यक प्रतिनिधित्वबारे राजनैतिक दलहरुले चासो नदिएको गुनासो

विराटनगर, ३० असोज । संविधानमा समानुपातिक र समावेशी प्रतिनिधित्व गराउनु पर्ने व्यवस्था भएपनि यौनिक तथा लैंगिक अल्पसंख्यकहरु बारे राजनैतिक दलहरुले चासो नदिएको कार्यक्रमका सहभागिहरुले बताएका छन् । यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको महासंघले विराटनगरमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा सहभागिहरुले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको राजनैतिक अधिकार संरक्षणका लागि राजनैतिक दलहरुले चासो नदिएको बताए । राजनैतिक प्रतिनिधित्व मात्र […]

मेयर कोइराला र युरोपियन युनियनको टोलीबीच भेटवार्ता

विराटनगर ३० असोज । विराटनगर महानगरपालिका मेयर नागेश कोइराला र युरोपियन युनियन (ईयू)को टोलीबीच आज भेटवार्ता भएको छ । डा. जोइले हिभोनेटको नेतृत्वमा आएको टोलीले मेयर कोइरालासित भेटवार्ता गरेको हो । ईयूको टोलीले महानगरमा बालश्रम, मानवअधिकार र भौतिक विकासको अवस्था विषयमा चासो राखेको थियो । सो भेटमा महानगरका मेयर कोइरालाले विराटनगर महानगरपालिकाले बालश्रम न्यूनीकरणका लागि […]

जेसीज सप्ताह मनाउँदै विराटनगर जेसीज

विराटनगर, ३० असोज । विराटनगर जेसीजले जेसीज सप्ताह कात्तिक १ गते मंगलबार देखि शुरु गर्दै छ । विगत वर्षहरु झै यस वर्ष पनि विविध कार्यक्रमहरु समेटेर जेसीज सप्ताह शुरु गर्न लागिएको आज विराटनगरमा पत्रकार सम्मेलन गरि जानकारी दिईएको छ । सप्ताह अन्र्तगत कात्तिक १ देखि कात्तिक ५ गते सम्म विविध कार्यक्रमहरु गरिने विराटनगर जेसीजका अध्यक्ष […]

समाजसेवी दिनबन्धु गोयलको विराटनगरमा भव्य अभिनन्दन

विराटनगर २९ असोज । विराटनगरका प्रतिष्ठित उद्योगी एवं समाजसेवी दीनबन्धु गोयललाई नागरिक अभिनन्दन गरिएको छ । शुक्रबार विराटनगरमा समाजसेवी दिनबन्धु गोयल नागरिक अभिनन्दन समारोह समितिले गोयललाई अभिनन्दन गरेको हो । पूर्वराष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यतामा एक दशकदेखि सामाजिक क्षेत्रमा क्रियाशिल रहेका गोयललाई सम्मान गरिएको हो । सोही अवसरमा विभिन्न क्षेत्रका ३ सयभन्दा बढी संघसंस्थाले […]