विराटनगर ४ वैशाख । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)ले विद्यार्थीहरूको हकहितसँगै शैक्षिक गुणस्तर वृद्धिमा ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ । लिवर्टी नेपाल लागूपदार्थ उपचार तथा पुनःस्थापना केन्द्रले नयाँ वर्षको शुभकामना आदानप्रदान तथा महेन्द्र मोरङ बहुमुखी क्याम्पसमा नेविसंघका तर्फबाट विजयी विद्यार्थीहरूको स्वागत सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले स्ववियूको भूमिकासमेत परिवर्तन भएको […]
विराटनगर ३१ चैत । विराटनगर ट्रक ब्यवसायी संघको अध्यक्षमा यूवा व्यवसायी सन्जीव सिग्देल निर्वाचित हुनु भएको छ । अध्यक्षका अर्का उम्मेदवारलाई २६ मतान्तरले पराजित गर्दै अध्यक्षमा सिग्देल निर्वाचित हुनु भएको हो । उहाँले १२५ मत प्राप्त गर्नु भयो । उहाँका निकटतम् प्रतिष्पर्धी नरबहादुर भण्डारीले ९९ मत प्राप्त गर्नु भएको थियो । विराटनगरमा शनिबार सम्पन्न निर्वाचनको […]
विराटनगर ३० चैत । कोशी प्रदेश स्तरिय बालकल्याण अधिकारीहरुको प्रदेश भेला तथा अपाङ्गता रोकथाम र पुनःस्थापना कार्यक्रमको समिक्षा बैठक विराटनगरमा सम्पन्न भएको छ । कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजना र करुणा फाउन्डेसन नेपालको सहकार्यमा आयोजित ३ दिने भेला तथा समीक्षा बैठक शुक्रबार बिराटनगरमा समपन्न भएको हो । कार्यक्रममा कोशी प्रदेशका १ सय ३७ स्थानीय […]
विराटनगर ३० चैत । सञ्चारिका समूह कोशी प्रदेशको अध्यक्षमा तारा आचार्य निर्वाचित हुनु भएको छ । सञ्चारिका समूह कोशी प्रदेशको दोस्रो अधिवेशनले आचार्यको अध्यक्षतामा ११ सदस्यीय प्रदेश समिति सर्वसम्मत निर्वाचित गरेको हो । अध्यक्षमा निर्वाचित आचार्य पत्रकार महासंघ मोरङका उपाध्यक्ष हुनुहुन्छ । सञ्चारिका समूह कोशी प्रदेशको उपाध्यक्षमा सुनसरीकी रुमा रिजाल, महासचिवमा मोरङकी जुनु भट्टराई, सचिवमा […]
विराटनगर २८ चैत । संचारिका समूह कोशी प्रदेशको आयोजनामा तीन दिने “कृत्रिम बौद्धिकता एआई सम्बन्धी तालिमको सुरु भएको छ। बिहीबार देखि बिराटनगरमा सुरू भएको तालिममा कोशी प्रदेशका १४ जिल्लाबाट ३७ जना महिला पत्रकारहरुको सहभागीता रहेको छ । सञ्चारिका समूह कोशी प्रदेश द्वारा सञ्चालित यस तालिमको उद्देश्य महिला पत्रकारहरूलाई आधुनिक प्रविधि, विशेष गरी कृत्रिम बौद्धिकता को […]