विराटनगर १६ चैत । नेपाल पत्रकार महासंघको ६९ औँ स्थापना दिवसको उपलक्ष्यमा मोरङ शाखाले आज विराटनगरमाम प्रभातफेरी, कोण सभा लगायतको कार्यक्रमको आयोजना मनाएको छ । महासंघ मोरङ शाखाको कार्यालय कलेज रोडबाट निस्किएको प्रभातफेरीले महेन्द्र चोक, भट्टीमोड, शनिमन्दिर रोड, जलजला चोक, बुधहाट चोक, ट्राफिक चोक हुँदै पुनः कार्यालयमा पुगी कोण सभामा परिणत भएको थियो । प्रभातफेरीमा […]
विराटनगर ५ चैत । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले समाजमा रहेको सामाजिक विभेद हटाउन हामीसबै लाग्नु पर्ने बताउनु भएको छ । मानव अधिकारको लागि स्रोत विकास मञ्च नेपाल(रिडेप)द्वारा आज विराटनगरमा आयोजित ५९ औँ अन्तर्राष्ट्रिय जातीय विभेद तथा रंगभेद उन्मूलन दिवसको उपलक्ष्यमा आयोजित दुई दिने दलित जनप्रतिनिधिहरुको तेस्रो प्रदेश सम्मेलनको उद्घाटन गर्दै मुलुकमा आएको लोकतन्त्र, गणतन्त्रको […]
विराटनगर ३ चैत । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल कोशी प्रदेशको चौथो अधिवेशन सम्पन्न भएको छ । शनिबार झापाको दमकमा परिषद्को चौथो प्रदेश अधिवेशन सम्पन्न भएको हो । अधिवेशनमा नयाँ कार्यसमिति गठन गर्नका साथै विभिन्न विषयसँग सम्बन्धित भएर सुझाव संकलन तथा छलफल भएको थियो । परिषद्को चौथो अधिवेशनले कोशी प्रदेश अध्यक्षमा पुनः प्रेम कार्की (सङ्खुवासभा)लाई निर्वाचित […]
विराटनगर २ चैत । २००८ साल स्थापित नेपाली लेखक संघ कोशी प्रदेश समिति गठन भएको छ । शुक्रबार विराटनगरमा सम्पन्न संघको पहिलो अधिवेशनले साहित्यकार गोकुल अधिकारी (मोरङ)को नेतृत्वमा प्रदेश समिति गठन गरेको हो । २००८ सालमा साहित्यकार बीपी कोइराला, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, गोविन्दबहादुर मल्ल (गोठाले), विजय मल्ललगायत लेखक साहित्यकारहरुको अग्रसरतामा स्थापित संघको प्रदेश उपाध्यक्षमा […]
विराटनगर २ चैत । रिकभरिङ्ग नेपाल कोशी प्रदेशले आज विराटनगरमा आयोजना गरेको प्रादेशिक अन्तर मन्त्रालयगत लागू औषध कानुन सुधारसम्बन्धी अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले लागू औषध प्रयोगकर्तालाई रोगीका रूपमा बुझ्नु पर्ने बताएका छन् । प्रचलित कानुन अनुसार लागू औषध प्रयोगकर्तालाई अपराधीका रूपमा बुझ्ने गरिएको भएपनि व्यवहारिक हिसाब र सामाजिक हिसाबले उनीहरूलाई रोगीका रूपमा बुझ्न आवश्यक भएको सरोकारवालाहरूको […]