चाडपर्वहरुले नेपाली समाजको सहिष्णुता र एकतालाई प्रर्वद्धन गर्छ : मुख्यमन्त्री कार्की

विराटनगर १७ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले चाडपर्वहरुले नेपाली समाजको सहिष्णुता र एकतालाई प्रर्वद्धन गर्ने बताउनुभएको छ । आज नेपाल सम्बत् ११४५ को शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले चाडपर्व र असल परम्पराले आदिकालदेखि नै सहिष्णु तथा सभ्य रहेको हाम्रो समाजको एकतालाई थप सुदृढ बनाउँदै लगेको उल्लेख गर्नुभएको हो । लिच्छवी राजा राधवदेवको पालामा […]

आज तिहारको कुनै पर्व छैन : नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति

विराटनगर १६ कात्तिक । नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात तिहारको औँसीको दिन भए पनि आज कुनै तिहारको पर्व भने नपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । औँसी बेलुकी भएका दिन गरिने लक्ष्मीपूजा बिहीबार नै गरिएको छ । औँसीसहित कार्तिक शुक्ल प्रतिपदा भएका दिन गरिने गाई पूजा शनिबार परेको पनि समितिले तिहारका सम्बन्धमा […]

कुकुर तिहार र लक्ष्मीपूजा आज एकै दिन

विराटनगर १५ कात्तिक । नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज कुकुर पूजा र लक्ष्मी पूजा गरिँदै छ । कुकुर तिहार यमपञ्चक अर्थात दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको हो । त्यसैले आज बिहान कुकुर पूजा गरेर बेलुका लक्ष्मी पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक […]

आज काग तिहार

विराटनगर १४ कात्तिक । कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज कागको पूजा गरी मनाइँदै छ । सूर्याेदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत रुपमा आज बुधबारलाई काग तिहार मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले बताउनुभयो । यमराजको दूतका रुपमा पुजिने कागलाई आज बिहान मनपर्ने खानेकुरा […]

विराटनगरको सडक सौन्दर्यकरणका लागि हिमालयन बैंकको सहयोग

विराटनगर १३ कात्तिक । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । सो परियोजनाका लागि हिमालयन बैंक लिमिटेड प्रदेश कार्यालय कोशीले रकम प्रदान गरेको छ । बैंकले मंगलबार महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीलाई २ लाख रुपैयाँ बराबरको […]