जाँचबुझ आयोग सतर्क हुन जरुरी छ : पूर्णबहादुर खड्का

विराटनगर २७ मंसिर । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का २३ र २४ भदौमा भएको घटनाको उच्चस्तरीय न्यायीक छानबिन आयोगले बिना आग्रह–पूर्वाग्रह छानबिन गर्नुपर्ने बताउनु भएको छ । भक्तपुरको सल्लाघारीस्थित खुलाचौरमा आयोजित नेकपा एमालेको ११औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले अन्तरिम सरकारले गठन गरेको आयोगलाई सचेत गराउँदै यस्तो बताउनुभएको हो । ‘यी दुवै घटनाहरूको […]

नेकपा एमालेको ११ औं महाधिवेशन आजदेखि शुरु हु्ँदै

विराटनगर २७ मंसिर । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन शनिबारबाट सुरु हुँदै छ । जेनजी (नवयुवा) को आन्दोलनपछि हुन लागेको एमालेको ११ औँ महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारीमा हुने र बन्दसत्र भने काठमाडौँको भृकुटीमण्डपमा हुने छ । भक्तपुरको सल्लाघारीमा शुक्रबार पत्रकार सम्मेलन गरी एमालेले महाधिवेशनको तयारी पूरा भएको जनाएको छ । ललितपुरको गोदावरीमा […]

सीटी सफारीलाई व्यवस्थित गर्न कोशी प्रदेशमा ‘सुरक्षित चालक’ अभियान चलाईने

विराटनगर २५ मंसिर । सीटी सफारीका कारण सडक अस्तव्यस्त भएका स्थानमा ‘सुरक्षित चालक’ अभियान चलाईने भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले चाँडै अभियान सञ्चालनको तयारी गरेको छ । कोशी प्रदेश प्रहरीका प्रमुख डिआईजी विनोद घिमिरेले सीटी सफारीलाई व्यवस्थित गर्नेबारे प्रदेश सरकारसँग पनि छलफल गरिएको बताउनुभयो । कोशी प्रदेश प्रहरीको प्रमुख भएर आएको दुई […]

विराटनगरमा खुल्यो नेपालकै ठुलो क्रिकेट एकाडेमी

विराटनगर २५ मंसिर । विराटनगरमा नेपालकै ठुलो क्रिकेट एकाडेमी सञ्चालनमा आउने भएको छ । विराट स्पोर्ट्स जोनले सञ्चालनमा ल्याउन लागेको एकाडेमीको औपचारिक शुरुवात आगामी शनिबार मंसिर २७ देखि हुने भएको छ । कोशी प्रदेशमा आधुनिक खेलकुद पूर्वाधारको विकास गर्ने लक्ष्य सहित विराटनगर विराट स्पोर्ट्स जोनले नेपालकै ठुलो क्रिकेट एकाडेमी सञ्चालनमा ल्याउने आज पत्रकार सम्मेलन गरि […]

सरकार र जेन–जी प्रतिनिधिबीच १० बुँदे सहमति

विराटनगर २५ मंसिर । सरकार र जेन–जी प्रतिनिधिबीच १० बुँदे सहमति भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार साँझ आयोजित समारोहमा प्रधानमन्त्री सुशीला कार्की र जेन–जी आन्दोलनमा सहादात प्राप्त र घाइते प्रतिनिधिका तर्फबाट भोजविक्रम थापाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिपछि प्रधानममन्त्री सुशीला कार्कीले सरकार र जेनजी पुस्ताका प्रतिनिधिबीच भएको सम्झौता परिवर्तनका लागि कोसेढुङ्गाका रूपमा […]