इन्सेकद्धारा शिक्षा स्वास्थ्य र खाद्य अधिकार सम्बन्धी टेलिभिजन संवाद

विराटनगर, २५ चैत । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले मोरङको रंगेलीमा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारबारे टेलिभिजन संवाद गरेको छ । स्थानिय तहलाई शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयमा सजग बनाउने उद्देश्यले मकालु टेलिभिजनको सहकार्यमा मानवअधिकार समूह रंगेली र अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको संयुक्त आयोजनामा सरोकारवालासँग संवाद गरिएको हो । कार्यक्रममा नगरपालिकाका सम्बन्धित शाखा […]

लेटाङ घटना, ६३ जनामाथि अनुसन्धान हुँदै

विराटनगर, २५ चैत । महिला प्रहरीको हत्या, विद्यालय र सवारीसाधनमा तोडफोड, आगजनी तथा आक्रमण गरिएको मोरङको लेटाङ घटनामा संलग्न भएको आरोपमा हालसम्म ६३ जनालाई प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ । पक्राउ गरिएका ६३ जनामध्ये २० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताउनु भयो । ४३ जना विरुद्ध अभद्र व्यवहारको […]

लेटाङका नगरप्रमुखद्धारा गाडी नगरपालिकालाई फिर्ता

विराटनगर, २५ चैत । मोरङको लेटाङ नगरपालिकाका मेयर शंकर राईले सरकारी गाडी नगरपालिकालाई फिर्ता गर्नु भएको छ । नगर प्रमुख राईले आफूले प्रयोग गर्दै आएको को १ झ ५१७ नम्बरको गाडीको चाबी हिजो प्रमुख प्रसासकीय अधिकृत अच्युतप्रसाद दाहाललाई फिर्ता दिनु भएको हो । स्थानीय तहको निर्वाचन मिति घोषणा भइसकेको र पार्टीले आयोजना गरेका चुनावी कार्यक्रममा […]

उर्लाबारीमा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

विराटनगर २५ चैत । मोरङको उर्लाबारीमा पिकअप भेनको ठक्करबाट बिहीबार राति एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत उर्लाबारी नगरपालिका–४ आइतबारेमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको कोे १ च ६३९९ नम्बरको पिकअपले को ३२ प ६९३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी बासुदेव खतिवडाका अनुसार […]

साढे ६ महिनाको आयात धान्ने डलर छ : नेपाल राष्ट्र बैंक

विराटनगर, २४ चैत । नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक गुणाकर भट्टले पछिल्लो समय घट्दै गएको विदेशी मुद्रा सञ्चिति घट्न नदिनको लागि विलासिताका वस्तु आयातमा रोक लगाएको बताउनु भएको छ । प्रवक्ता भट्टले शोधनान्तर घाटा बढ्दो रहेको र उच्च आयातका कारण विदेशी मुद्रा सञ्चितिमा कमी हुँदै गएकाले केन्द्रीय बैैंकले यस्तो कदम चालेको स्पष्ट पार्नुभयो […]