विराटनगर महानगरको न्यायिक समितिमा ८८ प्रतिशत उजुरीको फछ्र्यौट

विराटनगर ४ साउन । विराटनगर महानगरपालिकाको न्यायिक समितिले आर्थिक वर्ष २०७९/०८० मा ८८ प्रतिशत उजुरीको फछ्र्यौट गरेको छ । समितिमा दर्ता भएका कुल २३७ उजुरीमध्ये २०९ वटाको फछ्र्यौट गरिएको महानगरकी उपमेयरसमेत रहनुभएकी न्यायिक समितिकी संयोजक शिल्पा निराला कार्कीले जानकारी दिनुभयो । जुन प्रतिशतको हिसाबले ८८ दशमलव १९ प्रतिशत हो । कार्कीका अनुसार सबैभन्दा बढी वडा […]

एमालेको सदस्य संख्या घटेको भन्ने हल्लामा कुनै सत्यता छैन : एमाले

विराटनगर ४ साउन । नेकपा एमालेले पार्टीमा रहेका सङ्गठित सदस्यहरुको सङ्ख्या नघटेको दाबी गरेको छ । एमालेका सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले बिहीबार विज्ञप्ति गर्दै एमालेको सदस्य सङ्ख्या नघटेको दाबी गरेका हुन् । “नेकपा एमालेको सदस्य घटे भन्ने बजार हल्लामा कुनै सत्यता छैन”, जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सच्चा पार्टी सदस्यको अभिलेख अद्यावधिक गर्नेक्रममा यसपटक […]

७ लाख सदस्य थप्ने लक्ष्यका साथ कांग्रेसले एक वर्षे अभियान चलाउने

विराटनगर २ साउन । नेपाली कांग्रेसले ५ देखि ७ लाख नयाँ सदस्य थप्ने लक्ष्यका साथ ‘घरघर जाउँ, पार्टी सदस्य बनाउँ’ अभियान चलाउने भएको छ । पार्टी कार्यालय, सानेपामा मंगलबार सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री गगनकुमार थापाले २० साउन २०८० देखि ३१ असार २०८१ सम्म अभियान चलाउने प्रस्ताव राख्नु भएको हो । उहाँले भन्नुभयोे, ‘कम्तीमा […]

स्थानीय बजार प्रवद्र्धनका लागि समन्वय मात्रै गरेको हो : विराटनगर महानगर

विराटनगर २ साउन । स्थानीय बजार प्रवद्र्धनका लागि भन्सार नाकामा कडाइ गर्न विभिन्न सरोकारवाला निकायसित विराटनगर महानगरपालिकाले समन्वय मात्रै गरेको स्पष्ट पारेको छ । विज्ञप्ति जारी गर्दै महानगरले स्थानीय व्यापारी, उद्योगी, व्यवसायीले स्थानीय प्रशासन, प्रहरी, भन्सार, राजस्वलगायतका निकायसित समन्वय गरी भन्सार नाकामा कडाइ गरिदिन पटक–पटक आग्रह गरेअनुसार महानगरले समन्वय गरिदिएको जनाएको छ । “स्थानीय व्यापारीले […]

शिक्षादीप कलेज विराटनगरलाई ‘प्रेस्टिजियस प्लस टु अवार्ड’

विराटनगर १ साउन । शिक्षादीप कलेज विराटनगरले प्रेस्टिजियस प्लस टु अवार्ड आउट अफ भ्याली सम्मानद्वारा सम्मानित भएको छ । आइतबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा कलेजलाई सम्मान गरिएको हो । शिक्षादीप कलेजले काठमाण्डौ भ्याली बाहिरबाट पहिलो पटक नेपाल प्रथम र तृतीय भई कीर्तिमानी कायम गरेको थियो । भ्याली बाहिर सबैभन्दा धेरै विद्यार्र्थी भर्ना हुनेमध्येको एक कलेजको […]