
विराटनगर ३ मंसिर । विराटनगर महानगरपालिका वडा नं ८ ले छठ पुजालाई मध्यनजर गरि घाट सम्म पुग्नका लागि आधा दर्जनबढी स्थानमा सडक निर्माण गरेको छ ।
विराटनगर महानगरपालिकाको सहयोग तथा वडा नं ८ का जनप्रतिनिधिहरूको अगुवाइमा एक साता अघिदेखि छठ घाट सम्म पुग्ने सडक निर्माण कार्य शुरू भएको थियो । वडाध्यक्ष राम पोखरेलका अनुसार वडावासीसँगको समन्वयमा छठ पुजाका लागि घाट सम्म पुग्नका लागि ७ स्थानमा सडक निर्माण गरिएको हो ।
मोरङ कारागार पूर्व सिंगिया खोला पुल छेउ, सुकुम्वासी टोल पूर्व, बधसाला छेउ, शुशील कोइराला फाउन्डेसन छेउ, बृद्वा आश्रम छेउ, छठीमाई मन्दिर छेउ, जहदा पुल छेउमा बनाईएको घाटको सडक निर्माण गरिएको वडाध्यक्ष पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार कारागारको फाहोर खोलामा हालिदिएका कारण र खोलाले कटान गरेको स्थानमा तटबन्ध लगाएका स्थानको सडक निर्माणमा कठिनाइ भयो । अध्यक्ष पोखरेलले छठ पुजालाई लक्षित गरि सडक निर्माण, सरसफाइ लगायतको काम गरिएको बताउनुभयो ।
विराटनगर ८ मा पोखरेल नेतृत्वको वडा समितिले विगतका बर्षहरूदेखिनै छठ पुजामा सहजताका लागि वडावासीहरूसँगको समन्वयमा घाट सम्म पुग्नका लागि सडक निर्माण, मर्मत, सरसफाइको काम गर्दै आएको वडा सदस्य भुवन राजवंशीले बताउनुभयो ।