चिकित्सक संघको २९ औं राष्ट्रिय सम्मेलन विराटनगरमा हुने

विराटनगर १२ असोज । नेपाल चिकित्सक संघको २९ औं राष्ट्रिय सम्मेलन विराटनगरमा हुने भएको छ । आगामी फागुन १८ देखि २० गते सम्म राष्ट्रिय सम्मेलन हुने भएको हो । नेपाल चिकित्सक संघ कोशी अञ्चल शाखाले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरि राष्ट्रिय सम्मेलन आयोजनाबारे जानकारी दिएको हो । सम्मेलनमा नेपाल लगायत विदेशीमुलकबाट एक हजार भन्दा बढी […]

प्रदेश १ प्रमुख खापुङद्धारा प्रदेश निजामती सेवा अध्यादेश जारी

विराटनगर, १२ असोज । प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङ प्रदेश निजामती सेवा अध्यादेश २०७९ जारी गर्नु भएको छ । उहाँले निजामति सेवा अध्यादेशसँगै केही प्रदेश ऐन संशोधन गर्ने अध्यादेशहरू पनि जारी गर्नुभएको छ । नेपालको संविधानको धारा २०२ को उपधारा (१) बमोजिम प्रदेश १ को प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेशहरू जारी गर्नुभएको हो […]

प्रदेश निजामती सेवा अध्यादेश जारी गर्ने निर्णय

विराटनगर, ११ असोज । प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश निजामती सेवा अध्यादेश, २०७९ जारी गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले ‘प्रदेश निजामती सेवा अध्यादेश, २०७९ जारी गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने’ निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेका अनुसार, […]

बेलबारीमा प्रहरीको नवनिर्मित भवन उद्घाटन

विराटनगर, ११ असोज । मोरङको बेलबारीमा प्रहरीका लागि नयाँ भवन निर्माण गरिएको छ । इलाका प्रहरी कार्यालय बेलबारीको भवन २ करोड २९ लाख रूपैयाँभन्दा बढीको लागतमा निर्माण गरिएको हो । प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले प्रहरीको नवनिर्मित भवनको आज उद्घाटन गर्नु भएको छ । जनताको जीउधनको सुरक्षाको प्रमुख जिम्मेवारीमा रहेको प्रहरी […]

सकारात्मक अभिभावकत्व तथा अन्तरपुस्ता तालिम सम्पन्न

विराटनगर १० असोज । सकारात्मकअभिभावकत्व तथा अन्तरपुस्ता तालिम आज विराटनगरमा सम्पन्न भएको छ ।साझा सवालका लागि साझा मञ्च (कोकन)को आयोजना र प्लान इन्टरनेशनल नेपालको सहकार्यमा सामुदायिक सहजकर्ताहरुको लागि ५ दिने तालिम आज सम्पन्न भएको हो । बालअधिकार र बाल संरक्षणको बारेमा जानकारी दिने, सकारात्मक अभिभावकत्व र अन्तरपुस्ता संवादको निर्देशिकाको ब्यवहारीक अभ्यास तथा सिप र दक्षताको […]