काठमाडौं २१ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रका सामु जटिल चुनौती रहेकोले जनताका पक्षमा परिणाममुखी काम गन मन्त्रीहरुलाई निर्देशन गरेका छन् । मन्त्रीपरिषदको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अहिले खादामाला भुल्ने समय नभएको बताउनुभयो । “राष्ट्र चौतर्फी सङ्कटमा छ। अब तदर्थ ढंगले सरकार चलाएर हामीले परिणाम दिने र जनताको विश्वास जित्ने अवस्था छैन ।” […]
विराटनगर २१ चैत । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा घरेलु टिम मिल्स क्रिकेट क्लब रानी विराटनगर र नरपथगन्ज क्रिकेट क्लब बिहार विजयी भएको छ । पाहुना टोली दिल्ली युनाइटेड क्रिकेट क्लबलाई ५ विकेटले निराश बनाउँदै घरेलु टिम मिल्स क्रिकेट क्लब विजयी भएको हो । विराटनगर जुट मिलको खेलमैदानमा मंगलबारको पहिलो खेलमा दिल्लीले दिएको […]
विराटनगर २० चैत । विराटनगर महानगरपालिकाले लागू गरेको पार्किङ निषेधित क्षेत्रलाई थप प्रभावकारी रुपमा कार्यान्वयन गर्ने भएको छ । महानगरपालिकामा सोमबार महानगरका मेयर नागेश कोइरालाको अध्यक्षता बसेको बैठकले स्थानीय प्रशासन, नेपाल प्रहरी, ट्राफिक प्रहरीसहित सरोकारवाला निकायसँगको समन्वयमा यसअघि कार्यान्वयनमा ल्याएका सबै सडकलाई पार्किङ निषेधित क्षेत्र (नो पार्किङ) प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको हो । […]
विराटनगर २० चैत । सहकारी पत्रकारिता पुरस्कार सहकारी अखबार डट कम कोशी प्रदेश संवाददाता चीना थापालाई प्रदान गरिएको छ । ६६ औं राष्ट्रिय सहकारी दिवस : मूलसमारोह समितिले सोमबार सुन्दर हरैचाको विराट चौकमा गरेको कार्यक्रममा थापालाई सम्मान गरिएको हो । कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले नगद ११ हजार १ सय नगद सहित पत्रकार थापालाई सम्मान […]
विराटनगर २० चैत । १६ औ विश्व अटिजम सचेतना दिवस विभिन्न कार्यक्रम गरि विराटनगरमा पनि मनाईएको छ । अटिजम केयर सोसाइटी र राउण्ड टेवल विराटनगरको सहकार्यमा शनिबार साँझ अटिजमको बिषयमा जनचेतना जगाउने उद्देश्यले विराटनगरस्थित सेन्ट्रल मलको प्राङगणमा सचेतनामुलक कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा अटिजम केयर सोसाइटी विराटनगरका अध्यक्ष निधिरत्न बास्तोलाले अटिजम भएका व्यक्तिहरुको अधिकार […]