विराटनगर, २६ असार । प्रदेश १ सरकारले १९ जना श्रष्टाहरुलाई सम्मान गर्ने भएको छ । भानु जयन्तीका अवसर पारि मंगलबार पर्यटन तथा संस्कृति मन्त्रालयले श्रष्टा सम्मान गर्न लागेको हो । सम्मानित हुने श्रष्टाहरु छनौट भईसकेको मन्त्रालयको संस्कृति तथा पुरातत्व शाखाका अधिकृत भेषराज नेउपानेले जानकारी दिनुभयो । उहाँका अनुसार बालकृष्ण पोखरेल भाषा, साहित्य, कला र संस्कृति […]
विराटनगर, २५ असार । रासायनिक मलको अभाव र मूल्यबृद्धिको विरोधमा मोरङमा कृषकहरुले सरकारका विरुद्ध विरोध कार्यक्रम गरेका छन् । अखिल नेपाल किसान महासंघको देशब्यापी बिरोध प्रदर्शनको कार्यक्रम अन्तर्गत मोरङमा पनि विरोध प्रदर्शन र पत्रकार सम्मेलन गरिएको छ । पत्रकार सम्मेलनमा बोल्दै संघका जिल्ला अध्यक्ष देवेन्द्र पौडेलले वर्तमान सरकार कृषक र आम जनताको पक्षमा नरहेको पुष्टि […]
विराटनगर, २४ असार । प्रदेश नंं. १ को नामकरणका लागि आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सर्वदलीय बैठक सम्पन्न भएको छ । प्रदेश सरकारको आह्वानमा प्रदेश सभाका संसदीय दलका नेतासहितको बैठक मुख्यमन्त्रीको कार्यकक्षमा बसेको हो । बैठक चालु प्रदेश सभाबाट प्रदेशका नामकरण टुंगाउने विषयमा बसेको मुख्यमन्त्री राजेन्द्रकुमार राईले बताउनुभयो । बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले […]
विराटनगर, २४ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर महानगरपालिकाकी निवर्तमान उपमेयर इन्दिरा कार्कीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले उनीसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, इन्जिनियर, वडाअध्यक्ष र उपभोक्ता समितिका अध्यक्षसमेत ९ जना उपर विशेष अदालतमा गैरकानूनी लाभ तथा हानी र्पुयाई भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा दायर गरेको हो […]
विराटनगर, २१ असार । मोरङको जहदाका करिव तीन दर्जन किसानलाई कृषि सामग्री वितरण गरिएको छ । जहदा गाउँपालिका १ बुधनगरकोे जय किसान कृषि सहकारी संस्था लिमिटेडमा आबद्ध रहेका ३३ कृषकहरुलाई कृषि सामाग्री बितरण गरिएको हो ।मंगलबार संस्थाको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी कृषि पशु सहकारी संस्थाको सहकार्यमा व्यवसायिक पशुपालन कार्यक्रम अन्तरगत भेटेरिनरी अस्पताल तथा पशु […]