मिल्स गोल्डकप वैशाख ७ देखि

विराटनगर ६ वैशाख । चौथो संस्करणको ‘मिल्स गोल्डकप फुटबल’ वैशाख ७ गतेदेखि सुरू हुने भएको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टले बुधबार पत्रकार सम्मेलन गर्दै विराटनगर जुट मिलको खेल मैदानमा प्रदेशस्तरीय आठ क्लवले प्रतिस्पर्धा जानकारी दिएको छ । प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरी, नगर खेलकुद विकास समिति बर्दिवास महोत्तरी, टिडब्लुवाईसी, विराटनगर, कन्काई स्पोर्टिङ्ग […]

विराटनगर रानी क्षेत्रमा दुई समुदायबीच झडप, संयमता अपनाउन स्थानीय प्रशासनको आग्रह

विराटनगर ५ वैशाख । विराटनगरमा आज दिउँसो दुई समुदायबीच दोहोरो झडप भएको छ । झडपका कारण विराटनगरको रानी क्षेत्र तनावग्रस्त बन्यो । रामनवमीको अवसरमा हिन्दु सम्राट नेपालले निकालेको र्याली मुस्लिम बस्ती पुगेपछि तनाव सुरु भएको हो । विराटनगर महानगरपालिका–१५ रामजानकी मन्दिर र विराटनगर–१३ नहर चोकबाट हिन्दु सम्राट नेपालका मोरङ अध्यक्ष बलराम यादवको नेतृत्वमा सवारीसाधनसहितको र्याली […]

‘महिला हिंसाको अन्त्य र सामाजिक न्याय कायम गर्न कानूनको कार्यान्वयन आवश्यक’

विराटनगर ४ वैशाख । समाजमा महिला हिंसाको अन्त्य र सामाजिक न्याय कायम गर्न कानूनको कार्यान्वयन आवश्यक रहेको सहभागीहरुले बताउनु भएको छ । राष्ट्रिय महिला आयोगद्वारा आज विराटनगरमा आयोजित महिलाको हक हित र अधिकार विषयमा विद्यमान कानूनी व्यवस्था र कार्यान्वयन सम्बन्धी अन्तरक्रियामा सहभागीहरुले तीन तहको सरकारले महिला सम्बन्धी कानून कार्यान्वयनको आवश्यक अनुगमनको व्यवस्था गरेमात्र समाजमा हिंसाको […]

ओएन्डएम नगरी लोक सेवा आयोग कोशीद्वारा नवौं तहको दरखास्त आव्हान, सूचना रद्द गर्न माग

विराटनगर २ वैशाख । कोशी प्रदेश लोक सेवा आयोगले नवौँ तहको कर्मचारी भर्नाका लागि खोलेको विज्ञापन विवादमा परेको छ । कोशी प्रदेश लोकसेवा आयोगले २०८० चैत २६ गते प्रकाशित भएको प्रदेश निजामती सेवा तर्फ विभिन्न सेवा समूहका प्राविधिक तथा अप्राविधिक तर्फका अधिकृत स्तर नवौँ तहको पदहरूमा दरखास्त आव्हान गरेको थियो । नवौँ तहमा दरखास्त आव्हान […]

कोशी प्रदेशमा पहिलो पटक एभरेष्ट स्कुलले शुरु गर्यो ‘ह्यापीनेश करिकुलम’

विराटनगर २ वैशाख । कोशी प्रदेशमा पहिलो पटक विराटनगर ५ को एभरेष्ट सेकेन्डरी स्कुलले ह्यापीनेश करिकुलम शुरु गरेको छ । चालु शैक्षिक शत्र २०८१ देखि एभरेष्टले कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई लक्षित गरि सो करिकुलम शुरु गरेको हो । पाठ्यक्रम पठन पाठन अघि स्कुलले शिक्षक शिक्षिकाहरुलाई २ दिने कार्यशाला शुरु गरेको छ । आज […]