विराटनगरको अरनिको कलेज र भानु कलेजले गर्यो नयाँ विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर ३ साउन । विराटनगर–१० मा रहेको अरनिको कलेजले कक्षा ११ मा भर्ना भएको २६ औं व्याचका विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम गरेको छ । अभिमुखीकरण कार्यक्रममा कक्षा ११ मा भर्ना भएका १ हजार १५१ जना विद्यार्थीलाई आज कलेजमा अभिमुखीकरण कार्यक्रम गरेको हो । गुणस्तरिय शिक्षा र राम्रो व्यवस्थापनमा सञ्चालन भएको कलेज काठमाण्डौ बाहिरको उत्कृष्ट कलेज भएको […]

विराटनगर ८ मा महिनाको पहिलो र अन्तिम विहीबार महिला तथा स्त्रीरोग संवन्धि स्वास्थ्य शिविर

विराटनगर ३ साउन । विराटनगर महानगरपालिका ८ ले महिला तथा स्त्रीरोग संवन्धि नि : शुल्क स्वास्थ्य शिविर शुरु गरेको छ । चालु आर्थिक वर्ष २०८१–०८२ को कार्यक्रम अन्र्तगत हरेक महिनाको पहिलो र अन्तिम विहीबार महिला तथा स्त्रीरोग संवन्धि स्वास्थ्य शिविर विशेषज्ञबाट शुरु गरिएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो । विराट नर्सिङ होमसँगको सहकार्यमा वडा कार्यालयले […]

विद्यार्थीको रोजाईमा शिक्षादीप कलेज

विराटनगर ३ साउन । शिक्षादीप कलेज विराटनगरले आज कक्षा ११ को विज्ञान संकायमा भर्ना भएका १७ औं व्याचका विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम गरेको छ । अभिमुखीकरण कार्यक्रममा कक्षा ११ मा भर्ना भएका विद्यार्थीले एसईई उत्तीर्ण गर्नुअघि देखिनै शिक्षादीप कलेज आफ्नो रोजाईमा परिसकेको बताएका छन् । गुणस्तरिय शिक्षा र राम्रो व्यवस्थापनमा सञ्चालन भएको शिक्षादीप कलेज काठमाण्डौं […]

रोम विधान अनुमोदन गर्न माग

विराटनगर २ साउन । अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाका लागि रोम विधान अनुमोदन गर्न माग गर्दै इन्सेक कोशी प्रदेश कार्यालयले प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ । अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाका लागि रोम विधान पारित गरिएको दिन १७ जुलाइको स्मरणमा गर्दै इन्सेकसहित विभिन्न संघसंस्थाले जिल्ला प्रशासन कार्यालयमार्फत आज नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको हो । […]

दरबन्दी अनुसार न्यायाधिसहरु नहुदा मुद्या फछ्र्याेट र फैसला लेखनमा समस्या

विराटनगर, २ साउन । दरबन्दी अनुसार न्यायाधिसहरु नहुदा मुद्या फछ्र्याेट र फैसला लेखनमा समस्या भइरहेको उच्च अदालत विराटनगरले जनाएको छ । आज उच्च अदालत विराटनगरले आयोजना गरेको संचारकर्र्मीहरु संगको अन्तक्रिर्या कार्यक्रममा उच्च अदालत विराटनगरका मुख्य न्यायाधिस रमेश प्रसाद राजभण्डारीले मुद्दाको चाप अत्यधिक रहेको र ९ जना मात्र न्यायाधिस रहेकाले मुद्दा फछ्र्र्याैटमा समस्या भएको जानकारी दिनुभयो […]