कान्तिपुर कलेजद्धारा ९२० विद्यार्थीको स्वागत

विराटनगर ६ साउन । कान्तिपुर कलेज विराटनगरले ९२० विद्यार्थीलाई भर्ना गरेको छ । कक्षा ११ को विज्ञान, व्यवस्थापन र होटल म्यानेजमेन्टमा १ हजार ३७ विद्यार्थीले प्रवेश परीक्षा दिएका थिए । प्रवेश परीक्षा दिएका मध्ये कलेजले ९२० विद्यार्थीको भर्ना गरेको हो । कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई आज कलेजले सिटी प्यालेस विराटनगरमा स्वागत तथा अभिमुखीकरण […]

तीनमहिने ब्युटी पार्लर तालिम सम्पन्न

विराटनगर ६ साउन । मोरङको बुढीगंगमा तीनमहिने ब्युटी पार्लर तालिम सम्पन्न भएको छ । नेपाल ग्रामिण महिला विकास केन्द्रको आयोजना तथा राजसति महिला बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको आर्थिक सहयोगमा तालिम सम्पन्न भएको हो । शनिबार सम्पन्न तालिमको समापन कार्यक्रममा बोल्दै राजसति महिला बहुउदेश्यीय सहकारी संस्थाकी कार्यबाहक अध्यक्ष तथा कार्यक्रमकी प्रमुख अतिथि गिता देवी विष्टले सहकारी […]

एक अर्ब लगानी थप्दै हिमगिरी हाइजिन

विराटनगर ६ साउन । नेपाली चलचित्रका प्रशिद्ध हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य( महजोडी)लाई हिमगिरी हाइजेनिक उद्योग विराटनगरले आज ब्राण्ड एम्बेष्डर नियुक्त गरेको छ । उद्योगद्वारा आज विराटनगरमा आयोजित कार्यक्रममा उद्योगका अध्यक्ष महेश जाजु, प्रवन्ध निर्देशक प्रकाश मुन्दडाले महजोडीसँग एक बर्षको सम्झौता पत्र आदान प्रदान गर्नु भयो । सो अवसरमा कलाकारद्वय श्रेष्ठ र आचार्यले युवाहरुलाई […]

नेपाल खेलकुद महासंघ विराटनगरमा ताम्राकार

विराटनगर ६ साउन । नेपाल खेलकुद महासंघ विराटनगर महानगरपालिका कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । आज विराटनगरमा महासंघको महानगरपालिका कमिटीको प्रथम अधिवेशन जतिन ताम्राकारलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गर्दै सम्पन्न भएको हो । ताम्राकार अध्यक्ष निर्वाचित कमिटीको उपाध्यक्षमा उमेश कट्वाल र दिपा बस्नेत , सचिवमा विशाल बानियाँ , सहसचिवमा अर्चना ढुंगेल र सुनिल मगर र […]

विकास र समृद्धिको आधार निर्माण गर्न एमाले र कांग्रेसबीच सहकार्य : मुख्यमन्त्री कार्की

विराटनगर ५ साउन । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मुलुकमा स्थिर सरकारको निर्माण गरेर देशमा विकास र समृद्धिको आधार निर्माण गर्न नेकपा एमाले र नेपाली कांग्रेस बीच सहकार्य भएको बताउनु भएको छ । मुख्यमन्त्री कार्कीले २०७९ को निर्वाचन पश्चात पटक पटक मुलुकमा सरकार बन्ने खेल हुँदा अस्थिरता बढेर गएको बताउदै अस्थिरताका कारण मुलुकलाई […]