एमाले विराटनगरका ५ वटा वडामा आयोजक कमिटी गठन

विराटनगर २ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीले लामो समयदेखि निस्कृय रहेका ५ वटा शाखा ( वडा) कमिटीमा अधिवेशन आयोजक कमिटी गठन गरेको छ । विराटनगर महानगर पदाधिकारी बैठकको पुस २९ गतेको बैठकले विगत लामो समय देखि विभिन्न कारणले निस्कृय रहेका शाखा (वडा कमिटी)हरु ३, ७, ९ , १४ र १५ वडामा आयोजक कमिटी […]

कोशी प्रदेश सरकार सबै धर्म संस्कृति, पहिचानको सम्मान र संरक्षणमा प्रतिबद्ध : मुख्यमन्त्री कार्की

विराटनगर १ माघ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले माघे संक्रान्ती र माघी पर्वले मेलमिलाप र सद्भाव वृद्धि गरी सामाजिक र संस्कृतिक एकतालाई बलियो बनाउने बताउनुभएको छ । आज माघे संक्रान्ती एवं माघी पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले बहुजातीय, बहुधार्मिक र विविधतायुक्त समाजलाई एकतामा बाध्ने बताउनुभयो । उहाँले भन्नुभयो- ‘तराई हिमाल, पहाड र […]

विराट गोल्डकपको आठौं संस्करणमा २२ लाख घाटा, आगामी प्रतियोगिता फागुन २२ देखि हुने

विराटनगर २८ पुस । कोशी प्रदेश सरकार र राष्ट्रिय खेलकुद परिषद्ले सहमति अनुरुपको रकम उपलब्ध नगराँउदा विराट गोल्डकप फुटबलको आठौं संस्करण नोक्सानीमा गएको छ । गतवर्ष चैत्र १५ गतेबाट २२ गतेसम्म सम्पन्न गोल्डकपले २२ लाख ६२ हजार रुपैया घाटा भएको हो । ट्रष्टले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रदेश सरकार खेलकुद विकास बोर्डले प्रतिवद्धता गरेको […]

विराटनगरमा सम्पन्न क्यान प्रिमियर लिगको उपाधि नेशनल टेक च्यालेन्जर्सलाई

विराटनगर २८ पुस । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) मोरङको आयोजनामा भएको आईएनजी स्क्रीन र एयुएफआईटी क्यान प्रिमियर लिग २०२५ क्रिकेट प्रतियोगितामा नेशनल टेक च्यालेन्जर्सले उपाधि जितेको छ । शनिबार विराटनगरको द स्पोट्र्स हब मा भएको फाइनल खेलमा नेशनल टेक च्यालेन्जर्सले बिट्स टिमलाई पराजित गर्दै उपाधि जितेको हो । दाहुवा टेक्नोलोजी (इओन टेक्नोलोजी), निक्सन र […]

जीवन विकासद्धारा १४ प्रतिशत बोनस शेयर पारित

विराटनगर २८ पुस । जीवन विकास लघुवित्त वित्तीय संस्थाको छैंठौं साधारणसभाले बोनस सेयरको वितरणको प्रस्ताव पारित गरेको छ । आइतबार केन्द्रीय कार्यालय कटहरीमा भएको साधारणसभाले आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । आर्थिक वर्ष २०७०/०८० को वितरण योग्य मुनाफाबाट पनि जीवन विकासले १४ प्रतिशत नै […]