मोरङमा माघ २३ गतेदेखि एचपीभी विरुद्धको खोप लगाईने

विराटनगर २० माघ । मोरङमा आगामी माघ २३ गतेदेखि पाठेघरको मुखको क्यान्सर गराउने एचपीभी (ह्युमन प्यापिलोमा भाईरस) विरुद्धको खोप लगाईने भएको छ । माघ २३ देखि फागुन १ गते सम्म दुई चरणमा खोप अभियान सञ्चालन हुने छ । पहिलो चरणमा माघ २३ देखि विराटनगर महानगरपालिका, मिक्लाजुङ गाउँपालिका, लेटाङ नगरपालिका, बेलबारी नगरपालिका, सुन्दरहरैचा नगरपालिका, ग्रामथान गाउँपालिका, […]

बाल संसारका विद्यार्थीलाई विराट एक्स्पोको भ्रमण

विराटनगर २० माघ । बाल संसार ईङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीलाई विराटनगरमा जारी विराट एक्स्पोको भ्रमण गराईएको छ । शुक्रबार स्कुलले कक्षा एलकेजी र युकेजीका विद्यार्थीलाई एक्स्पोको भ्रमण गराईएको विद्यालयले जनाएको छ । विद्यार्थीलाई एक्स्पोमा राखिएका ब्यापारिक स्टलहरु, शिक्षा, विज्ञानसँग संवन्धित स्टलहरु लगायतको अवलोकन गराईएको स्कुलका शिक्षक सुमन तामाङले जानकारी दिनुभयो । विद्यार्थीले हरेक स्टलहरुका बारेमा […]

‘कमरेड हिजो र आज’ लोकार्पण, एमाले उपाध्यक्ष शाक्य सहित एक दर्जन सम्मानित

विराटनगर १९ माघ । एमाले नेता जीवन घिमिरेको पहिलो कृति ‘कमरेड हिजो र आज’ को आज विराटनगरमा लोकार्पण गरिएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले एक कार्यक्रमका वीच पुस्तक सार्वजनिक गर्नुभयो । कार्यक्रममा उहाँले पुस्तकले इतिहासलाई सम्झाउने काम गरेको बताउनुभयो । प्रगतिशील लेखक संघ मोरङले विराटनगरमा आयोजना गरेको कार्यक्रममा पुस्तक विमोचन तथा पुस्तकका पात्रहरूलाई सम्मान […]

प्रदेश सरकारहरुले माग गरेका कानुनहरु चाँडै बन्ने : सभामुख घिमिरे

विराटनगर १९ माघ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रदेश सरकारहरुले माग गरेका कानुनहरु चाँडै बन्ने बताउनु भएको छ । प्रदेश सरकारहरुले माग गरेका कानुनहरु छिटै निर्माण गर्ने तयारीमा रहेको उहाँको भनाई छ । आज विराटनगरमा पत्रकारहरुसँगको कुराकानीमा सभामुख घिमिरेले सो कुरा बताउनु भएको हो । सभामुख घिमिरेले अध्यादेश संसद नभएको समयमा ल्याउन सकिने बताउनु […]

कृष्णप्रसाद सिग्देल यूवा पत्रकारिता पुरस्कार पत्रकार हरिहर नेपाललाई दिईने

विराटनगर १९ माघ । प्रेस चौतारीले मोरङ कृष्णप्रसाद सिग्देल यूवा पत्रकारिता पुरस्कार पत्रकार हरिहर नेपाललाई प्रदान गर्ने भएको छ । हरेक वर्ष माघ २२ गते प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा वितरण हुदै आएको पुरस्कार यस वर्ष नेपाल टाइम्सका समाचार प्रमुख नेपाललाई दिने निर्णय गरिएको हो । आज मोरङको कानेपोखरीमा बसेको कार्यसमिति बैठकले छनोट समितिले […]