विराटनगर ६ फागुन । राष्ट्रिय समाचार समिति (रासस) को ६२ औं वार्षिकोत्सवको उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रममा राससका तीन जना पूर्व कर्मचारीलाई सम्मान गरिएको छ । यसरी सम्मानित हुने कर्मचारीहरुमा टेकनाथ दाहाल, कमलबहादुर ठकुरी र कृष्णप्रसाद वाग्ले रहेका छन् । उहाँहरु तीनै जना यस क्षेत्रका राससका सेवानिवृत्त कर्मचारी हुन । नेपाल पत्रकार महासङ्घ प्रदेश समितिका […]
विराटनगर ६ फागुन । नेपाल खेलकुद महासंघको दोश्रो महाधिवेशनको तयारी पूरा भएको छ । ‘खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार’ भन्ने नारा सहित महाधिबेशन हुन लागेको आयोजक समितिले जनाएको छ । नेपाल खेलकुद महासंघले आज विराटनगरमा पत्रकार सम्मेलन गरि महाधिवेशन र खुला दौड प्रतियोगिताको बारेमा जानकारी दिँदै भोली हुने खुल्ला दौड प्रतियोगितामा […]
विराटनगर ४ फागुन । प्रदेश १ की उपसभामुख सिर्जना दनुवारले सामाजिक सेवा ऐन ल्याउनका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनु भएको छ । प्रदेश १ मा सामाजिक सेवा ऐन नआएकाले आफ्नो कार्यकालमा सो ऐन ल्याउनका लागि प्रभावकारी भूमिका खेल्ने उहाँले बताउनुभयो । गैरसरकारी संस्था महासंघ (गैसस) मोरङले विराटनगरमा आयोजना गरेको दिगो विकास लक्ष्य कार्यान्वयनका लागि […]
विराटनगर ४ फागुन । द आर्ट अफ लिभिङ विराटनगरले नेपालमै पहिलो पटक आफ्नै भवन निर्माण गरेको छ । विराटनगर ५ को कोशी बहिरा मावि नजिक डेढ कठ्ठा क्षेत्रफलमा भवन निर्माण गरेको हो । १ करोड ३० लाख लागतमा निर्माण सम्पन्न भएको भवनको आगामी शनिबार महाशिवरात्रीको अवसरमा पारेर उद्घाटन गरिदैछ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, […]
विराटनगर ३ फागुन । गैर सरकारी संस्था महासंघ (गैसस) मोरङको अध्यक्षमा विष्णु शर्मा पन्त निर्वाचित हुनु भएको छ । विराटनगरमा आज भएको १८ औं बार्षिक साधारणसभाले अध्यक्षमा पन्तलाई सर्वसम्मत निर्वाचित गरेको हो । गत भदौमा गैसस मोरङ अध्यक्ष राजेन्द्र ढकाल १२ बर्षीय बालकलाई मैथुन गरेको आरोपमा पक्राउ परेपछि कार्यवहाक अध्यक्षको जिम्मेवारी शर्माले पाउनु भएको थियो […]