विराटनगर ८ मा डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान शुरु

विराटनगर, ३ कात्तिक । विराटनगर महानगरपालिका वडा नं. ८ मा डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान शुरु गरिएको छ । वडा नम्बर ८ का विभिन्न टोलमा लामखुट्टेको लार्भा खोज तथा नष्ट अभियान सञ्चालन गरिएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार शान्तिचोकदेखि दक्षिण जतुवासम्म रहेका मोटरसाइकलका ग्यारेज, स्थानीयको घर र पानी जमेको […]

गठबन्धनका उम्मेदवारलाई भोट हाल्न कार्यकर्तालाई प्रधानमन्त्रीको निर्देशन

विराटनगर १ कात्तिक । प्रधानमन्त्री एवम् काँग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनका उम्मेदवारहरुलाई भोट हाल्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनु भएको छ । प्रधानमन्त्री देउवाले आफूले हसिँया हतौडामा भोट हालिसकेको र आगामी निर्वाचनमा पनि हाल्ने उल्लेख गर्दै काँग्रेसका नेता, कार्यकर्ताले पनि त्यसै गर्ने बताउनु भयो । मंगलबार ललितपुरमा आयोजित सत्तारुढ गठबन्धनको अगुवा कार्यकर्ता भेलामा बोल्दै […]

पत्रकारसँग प्रदेश स्तरिय अन्तरक्रिया

विराटनगर १ कात्तिक । महिलाको राजनीतिक प्रतिनिधित्वको लागि सञ्चारकर्मीको भूमिका संवन्धि प्रदेश १ स्तरिय अन्तरक्रिया आज विराटनगरमा सम्पन्न गरिएको छ । दलित महिला नेपालका लागि केन्द्र ( सीडिडब्ल्युएन) को आयोजना, स्वीस सरकार र अष्ट्रेलियन एडको आर्थिक र आर्ईएफईएसको प्राविधिक सहयोगमा ‘सि लिड्स’ कार्यक्रम अन्र्तगत प्रदेश स्तरिय अन्र्तक्रिया कार्यक्रम गरिएको सीडिडब्ल्युएन मोरङ कार्यक्रम संयोजक निलम ढुङ्गेलले […]

विद्यार्थीले घरघरबाट संकलन गरेको खाद्यान्न बाल आश्रमलाई सहयोग

विराटनगर । विराटनगर–६ स्थित किड्स भिलेज स्कुलले विश्व खाद्य दिवसको अवसर पारेर पूर्वाञ्चल बाल आश्रमका लागि खाद्य सामग्री सहयोग गरेको छ। विराटनगर १३– स्थित आश्रममा रहेका ७४ जना बालबालिका तथा वृद्ध आमाहरुका लागि भनेर सम्पूर्ण विद्यार्थीहरूले घर– घरबाट संक्लन गरेको खाद्य सामग्री हस्तान्तरण गरिएको हो । विद्यार्थीहरुमा सहयोगी भावनाको विकास गराउन विद्यालयले बालबालिकालाई नै सम्लग्न […]

प्रदेशको मानव अधिकार अवस्था बुझ्दै युरोपियन युनियन, कानुनमन्त्रीसँग भेटघाट

विराटनगर, असोज ३० । प्रदेश १ को मानव अधिकार अवस्थाका विषयमा डेलिगेशन अफ द युरोपियन यूनियन टु नेपाल मिनिस्टर काउन्सेलर डाक्टर जोइले हिभानेट र पोलिटिकल अफिसर लिसा साफ्रिकले प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुनी मन्त्री केदार कार्कीसँग भेट गरी मानवअधिकार अवस्थाको विषयमा जानकारी लिएको छ । मन्त्री कार्कीले इयूको टोलीलाई प्रदेशको मानव अधिकारको अवस्थाका […]