मुलुकको प्रगतिको लागि भ्रष्टाचार दुष्मन : मुख्यमन्त्री कार्की

विराटनगर २४ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुुलुकको प्रगतिको लागि भ्रष्टाचार दुष्मन भएको बताउनु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय काठमाण्डौंद्वारा आज विआयोजित भ्रष्टाचार विरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना २०८१ का सम्वन्धमा अन्तरक्रिया तथा कार्यक्रमको उद्घाटन गर्दै उहाँले भ्रष्टाचारलाई न्यून गर्दै नेपाललाई भ्रष्टाचारमुक्त मुलुकको रुपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री कार्कीले […]

सामाजिक सद्भाव कायम राख्न जेष्ठ सदस्यहरुको ठूलो योगदान : राप्रपा अध्यक्ष लिङ्गदेन

विराटनगर २४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङले आज विराटनगरमा जेष्ठ सदस्यहरुलाई सम्मान एवं पार्टी प्रवेशलाई स्वागत कार्यक्रमको आयोजना गरेको छ । पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद लिङ्गदेनले ८० बर्षभन्दा माथिका जेष्ठ सदस्यहरुलाई सम्मान गर्दै समाजमा सामाजिक सदभाव कायम राख्न एवं जनताको भरोसा योग्य पार्टी बनाउन उहाँहरुको ठूलो योगदान रहेको बताउनु भयो । उहाँले भन्नु भयो,‘देश […]

हामी संविधान संशोधन विरोधी होइन : अध्यक्ष दाहाल

विराटनगर, २३ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमाल दाहाल ‘प्रचण्ड’ले आफुहरु संविधान संशोधनको विरोधी नभएको बताउनुभएको छ । विराटनगर विमान स्थलमा आज बिहान पत्रकारहरुसँगको भेटघाटमा उहाँले संविधान संशोधनको नाममा लामो बलिदानबाट प्राप्त भएको उलब्धिलाई मास्ने काम सहय नहुने कुरामा जोड दिनुभयो । उत्पीडित वर्ग र समुदायका उत्थानका लागि ल्याइएको समानुपातिक […]

हिमालय रोडमा मेला र महोत्सव नगर्न स्थानीय व्यापारीको आग्रह

विराटनगर २२ भदौ । विराटनगरस्थित हिमालय रोडमा कुनै किसिमका मेला र महोत्सव लगाउनका लागि अनुमति नदिन स्थानीय व्यापारीहरूले आग्रह गरेका छन् । पार्क बनाउँदा स्थानीय व्यापार चौपट्ट भएको भन्दै उनीहरूले मेला र महोत्सवले झनै समस्या सिर्जना गर्ने प्रस्ट्याएका छन् । स्थानीय व्यापारी श्रवण शर्माले मेला र महोत्सव गर्न अनुमति दिए सटर बन्द गरेर महानगरपालिकामा चाबी […]

राष्ट्र निर्माणमा निर्माण व्यवसायीकाे भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कार्की

विराटनगर २२ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले राष्ट्र निर्माणमा निर्माण व्यवसायीहरुले महत्वपूर्ण योगदान पुर्याएको बताउनु भएको छ । निर्माण व्यवसायी संघ मोरङ विराटनगरको २७ औँ साधारण सभाको आज उद्घाटन गर्दै उहाँले व्यवसायीहरुले निर्माण कार्य गर्दा गुणस्तरीय एवं समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिनु भयो । मुख्यमन्त्री कार्कीले प्रदेश सरकार निर्माण क्षेत्रको समस्या समाधान […]