मोरङमा प्रदेशसभातर्फ ६ क्षेत्रको मतगणना सकियो

विराटनगर, ८ मंसिर । प्रदेशसभातर्फ १२ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा हालसम्म ५ वटाको मतगणना सकिएको छ । गणना सकिएकामध्ये ३ वटामा नेपाली कांग्रेस, २ वटामा एमाले र एउटामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । घोषणा गर्न बाँकी रहेका क्षेत्रमा समानुपातिकतर्फको मतगणना भइरहेको छ । समानुपातिकको गणना सकिएपछि मात्रै अन्तिम परिणाम सार्वजनिक गर्ने तयारी […]

प्रदेश १ सरकारले भोलीदेखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु गर्ने

विराटनगर ८ मंसिर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुक्रबार देखि शुरु हुदैछ । प्रदेश १ सरकारले १६ दिनभरि विविध कार्यक्रम मनाउने तयारी गरेको छ । सामाजिक विकास मन्त्रालयले आज पत्रकार सम्मेलन गरि ‘सभ्य समाजको पहिचान : लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान’ भन्ने राष्ट्रिय नाराका साथ दिवस मनाईने जानकारी दिएको छ ।प्रदेश सरकार, […]

मोरङमा चार स्थानबाट मतगणना शुरु गरिदै

विराटनगर, ४ मंसिर । आज सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतगणनाका लागि मोरङमा चार स्थानबाट मतगणनाको तयारी शुरु गरिएको छ । मतगणना उर्लाबारी, बेलबारी, रतुवामाई र विराटनगरमा गरिने भएको जानकारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको छ । मोरङमा ६ प्रतिनिधिसभा र १२ प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् । मोरङ क्षेत्र नं. १ को मतगणना उर्लाबारी […]

प्रदेश १ : ६० प्रतिशत मत खस्यो

विराटनगर, ४ मंसिर । प्रदेश १ मा करिब ६० प्रतिशत मत खसेको अनुमान गरिएको छ ।साँझ ५ वजे सम्म करिव ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन कश्यप अधिकारीले जानकारी दिए । कुल खसेको मतको अन्तिम विवरण संकलनको काम भईरहेको उनले बताए । अधिकारीका अनुसार प्रदेशभर कतैपनि पनि मतदान स्थगित […]

भ्रम र प्रलोभनमा नपर्न एमाले उम्मेदवार घिमिरेको आग्रह

विराटनगर १ मंसिर । मोरङ क्षेत्र नं. ४ (ख) का एमाले उम्मेदवार जीवन घिमिरेले कुनैपनि भ्रम र प्रलोभनमा नपर्न आम मतदाताहरुलाई आग्रह गर्नु भएको छ । आज एक भिडियो सन्देश मार्फत उम्मेदवार घिमिरेले आज मध्यराती देखि खुल्ला प्रचार प्रसार नहुने भएकाले यसवीचमा प्रभाव पार्ने, भ्रम छर्ने कार्य हुने भन्दै कुनैपनि प्रभावमा नपर्न आग्रह गर्नुभएको हो […]