विराटनगर, ५ असार । विराटनगरको कोसी अस्पतालबाट उत्पादन हुने फोहोर बिक्री हुन थालेको छ । यसअघि विराटनगर महानगरपालिकाले सःशुल्क व्यवस्थापन गर्दै आएको थियो । जोखिमयुक्त मानिने अस्पतालजन्य फोहोर व्यवस्थापन व्यवस्थित थिएन । अहिले भने अस्पतालजन्य फोहोर वर्गीकरण गर्दै बिक्री गरेर अस्पतालले आम्दानी लिन थालेको हो । संक्रमणजन्य र संक्रमणरहित फोहोरलाई वर्गीकरण गर्दै अलगअलग डस्टविनमा संकलन […]
विराटनगर, ५ असार । ट्राफिक प्रहरीले सञ्चालन गरेको ‘रोड सेक्युरिटी चेकिङ कन्सेप्ट’ कार्यक्रमअन्तर्गत वैशाखयता प्रदेश १ मा चार हजार दुई सय १० वटा सवारीसाधन कारबाहीमा परेका छन् । प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी बासुदेव खतिवडाका अनुसार वैशाखमा एक हजार आठ सय ७३ र जेठमा दुई हजार एक सय २८ तथा असारको पनि १, २ […]
विराटनगर, २ असार । विभिन्न मुद्धामा मोरङ जिल्ला अदालतबाट सजाय भई फरार रहेका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रंगेलीको टोलीले फरार प्रतिवादीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जवरजस्ती करणी उद्योगमा सुनबर्षी नगरपालिका ४ का २५ बर्षिय मेघनाथ यादव छन । उनलाई २०७७ साल माघ २६ गते अदालतले ३ बर्ष ५ […]
विराटनगर २ असार । प्रदेश १ को आर्थिक बृद्धिदर ५ दशमलव ४१ हुने अनुमान गरिएको छ । आर्थिक सर्वेक्षण २०७८–०७९ मा आर्थिक बृद्धिदर ५ दशमलव ४१ पुग्ने अनुमान गरिएको हो । चालु आर्थिक वर्षमा कोभिड १९ महामारीको प्रभाव क्रमश ः घट्दै गई प्राय ः सवै आर्थिक गतिविधिहरु पूर्ववत अवस्थामा सञ्चालन भएकाले गत आर्थिक वर्षको तुलमा […]
विराटनगर, २ असार । प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले नेपाली कांग्रेसले सहयोग गरेमा प्रदेश १ को नामाकरण आधा घण्टामै टुङ्गो लाग्ने बताउनुभएको छ । आज विराटनगरमा पत्रकारहरुसँग कुराकानी गर्दै नेकपा एमालेभित्र नामको समस्या नभएको बताउँदै कांग्रेसले सहयोग गरेमा एमालेले संसदीय दलमा आधा घण्टामै नाम टुङ्ग्याउने राईले बताउनुभयो । आफ्नो कार्यकालमा पार्टीभित्रको आन्तरिक समस्याले नाम […]