विराटनगर १० वैशाख । नेपाल श्रष्टा समाज कोशी प्रदेशको संयोजकमा कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ (विराटनगर) लाई चयन गरिएको छ । विराटनगर आईतबार आयोजित कार्यक्रममा भण्डारीको संयोजकत्वमा ७ सदस्यीय कोशी प्रदेश तदर्थ समितिको चयन गरिएको हो ।
समितिको सहसंयोजकमा वावुराम पोखरेल (विराटनगर), सचिवमा लक्ष्मी पोखरेल (विराटनगर), कोषाध्यक्षमा प्रेम ओझा (पाँचथर) र सदस्यहरुमा शारदा भट्टराई (भोजपुर), मिश्रा गुरुङ (संखुवासभा) र खगिन्द्रा खुशी (झापा) रहनु भएको छ ।
नेपाल श्रष्टा समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ र महासचिव देविका तिम्सीनाको उपस्थितिमा कोशी प्रदेश समिति गठन गरिएको संयोजक भण्डारीले जानकारी दिनुभयो ।
कोशी प्रदेश समिति गठन अघि साहित्य परिचर्चा कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा प्राज्ञ विवश पोखरेल, सरला चापागाँइ लगायतको २ दर्जन बढी साहित्य क्षेत्रका व्यक्तित्वहरु सहभागिता रहेको थियो ।