प्रदेश सभा सचिव पराजुलीको शपथ ग्रहण

विराटनगर, ९ वैशाख । कोशी प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले आज पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।

कोशी प्रदेश सभा सचिवालयको सभाहलमा आयोजित कार्यक्रममा सभामुख अम्बरबहादुर विष्टले नेपालको संविधानको धारा १९५ को उपधारा १ बमोजिम शपथ ग्रहण गराउनु भएको हो ।

सचिव पराजुलीको प्रदेश सभा सचिव पदमा २०८१ वैशाख ८ गते पाँच वर्ष कार्यकाल पूरा भएको थियो । उहाँको आवश्यकता र अनुभवको आधारमा सभामुख विष्टले प्रदेश प्रमुख पराशुराम खापुङलाई पुनः सो पदमा नियुक्त्त गर्न सिफारिश गर्नुभएको थियो र प्रदेश प्रमुख खापङले आजको मिति देखि लागु हुने गरी वैशाख ३ गते नै नियुक्ती गर्नुभएको थियो ।

पराजुलीले यसअघि ०७६ साल वैशाख ९ गते कोशी प्रदेश सभाको सचिव पदमा नियुक्ती पाउनु भएको थियो ।