पूर्वमन्त्री अधिकारी एमालेबाट निलम्बित, छानबिन गर्न सरकार समक्ष आग्रह

विराटनगर २४ कात्तिक । नेकपा एमालेले मानव तस्करीको आरोप लागेका कोशी प्रदेशसभा सदस्य तथा निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीलाई निलम्वन गरेको छ । पार्टीको कोशी प्रदेश कमिटीले विज्ञप्ति निकालेर अनुसन्धान गरी सत्य तथ्य पत्ता नलाग्दासम्म अधिकारीलाई पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी निलम्वन गरेको जानकारी गराएको हो । विज्ञप्तिमा आरोपको अन्तिम निरुपण नहुँदासम्म अधिकारीलाई राष्ट्रिय […]

शिक्षाको गुणस्तर सुधार गर्न आवश्यक : मुख्यमन्त्री कार्की

विराटनगर २४ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शिक्षाको गुणस्तर सुधार गर्न आवश्यक रहेको बताउनु भएको छ । झापाको दमकमा आज नेपाल इंग्लिश ल्याङ्वेज टिचर एसोसिएसनको कोशी प्रदेश स्तरीय सम्मेलनको उदघाटन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश शिक्षा नीति बनाएर, अहिले भइरहेका विद्यालयहरु, स्कुल कलेजहरुको भौतिक पूर्वाधार र गुणस्तर बढाउन सहयोग गर्ने योजना रहेको बताउनुभयो । […]

उद्योग संगठन मोरङको प्रतिनिधि मण्डल सिंगापुर प्रस्थान

विराटनगर २४ कात्तिक । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाको नेतृत्वमा संगठनको १४ सदस्यीय प्रतिनिधि मण्डल एशिया ईकोनोमिक फोरममा भाग लिन आज सिंगापुर प्रस्थान गरेको छ । उद्योग संगठन मोरङले आज प्रेस विज्ञप्ती जारी गर्दै सिआईएम डेलिगेशन मिसन टु सिङ्गापुर नामक मिसनमा त्यस तर्फ जान लागेको जानकारी गराएको छ । प्रतिनिधिमण्डलमा संगठनका निवर्तमान अध्यक्ष सुयश […]

विराटनगरमा प्रथम नेपाल हव महिला २०–२० क्रिकेट प्रतियोगिता शुरु

विराटनगर २४ कात्तिक । नेपाल क्रिकेट फाउण्डेशनको आयोजना तथा क्रिकेट विथ वाउण्ड्रीको सहयोगमा प्रथम नेपाल हव महिला २०–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगितामा विराटनगर हव महिला टिम र राजविराज हव महिला टिम विच ३ खेलको टि–२० क्रिकेट प्रतियोगिता हुने खेल संयोजक मन्दिप साहले बताउनुभयो । आज भएको पहिलो खेलमा विराटनगरले राजविराजलाई ३८ रनले […]

पार्टीको सम्पूर्ण जिम्मेवारीबाट पदमुक्त गराउन अधिकारीको माग

विराटनगर २४ कात्तिक । कोशीका प्रदेशसभा सदस्य एवं निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले आफूलाई पार्टीको जिम्मेवारीबाट समेत हटाउन माग गर्दै निवेदन दिनु भएको छ । नेकपा (एमाले)का प्रदेश अध्यक्ष घनश्याम खतिवडालाई हस्तलिखित निवेदन बुझाउँदै पार्टीको सम्पूर्ण जिम्मेवारीबाट पदमुक्त गराउन माग गर्नुभएको हो । एमाले केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरे, मोरङ […]