तेस्रो मिल्स टि– २० क्रिकेटको उपाधि वाइआरसीसीलाई

विराटनगर ९ जेठ । तेस्रो संस्करणको मिल्स कप टि – २० क्रिकेट प्रतियोगिताको उपाधि विराटनगरको वाइआरसिसी क्रिकेट क्लबले जितेको छ । विराटनगर जुटमिलको खेलमैदानमा मंगलबार सम्पन्न भएको फाइनल खेलमा विराटनगरको होराइजन क्रिकेट क्बललाई २०० रनको फराकिलो अन्तरले हराउँदै वाइआरसिसीले उपाधि जितेको हो । जितसँगै वाइआरसीसीले १ लाख ५१ हजार र ट्रफि हात पारेको छ । […]

प्रदेश योजना आयोगका उपाध्यक्ष डा अधिकारीद्धारा शपथ ग्रहण

विराटनगर ७ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश योजना आयोगका उपाध्यक्ष डा राजेन्द्र अधिकारीलाई शपथ ग्रहण गराउनु भएको छ । मुख्यमन्त्री कार्कीले मुख्यमन्त्रि तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा एक समारोहमा बीच झापा विर्तामोड निवासी प्रदेश योजना आयोगका उपाध्यक्ष डा अधिकारीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भयो । शपथ ग्रहण समारोहमा आर्थिक मामिला […]

मोरङमा ५२ हजार बालबालिकालाई आईपीभी खोप लगाईदै

विराटनगर ७ जेठ । मोरङमा ५२ हजार बालबालिकालाई आईपीभी खोप लगाईदै छ । आगामी जेठ १३ गतेदेखि शुरु हुने अभियानमा साढे ५ वर्षदेखि ८ वर्षसम्मका बालबालिकालाई खोप लगाईने स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले जानकारी दिनुभयो । जेठ २६ गते सम्म चल्ने अभियान अन्र्तगत विद्यालय केन्द्रीत खोप केन्द्र निर्धारण गरिएको उहाँले बताउनुभयो । डा. […]

मोरङ गणतन्त्र दिवस तीन दिन मनाईने

विराटनगर ७ जेठ । मोरङमा विभिन्न कार्यक्रमको आयोजना गरेर तीन दिन सम्म गणतन्त्र दिवस मनाइने भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा बसेको बैठकले जेठ १४ , १५ र १६ गते विराटनगरमा विभिन्न कार्यक्रमहरु गरि गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो । जेठ १४ गते सरकारी कार्यालय साथै अन्य स्थानमा सरसफाई, १५ गते विहान र्याली, […]

नवीकरणीय ऊर्जा भविष्यको लागि विराटनगरमा साइकल यात्रा

विराटनगर ६ जेठ । नवीकरणीय ऊर्जा भविष्यको लागि विराटनगरमा साइकल यात्राको आयोजना गरिएको छ । विगत २०७९ देखि सुरु भएको “ मानिस र ग्रहका लागि पेडल“ नामक अभियान श्रृंखलारूपमा, जेठ ५ र ६ को सप्ताहन्तमा विभिन्न एसियाली देशहरूमा नवीकरणीय ऊर्जाको न्यायपूर्ण रुपान्तरणको समर्थनमा पारिवारिक साइकल र्यालीका आयोजना गरिएको हो । नवीकरणीय ऊर्जा भविष्यको लागि” साइकल […]