विराटनगर ६ फागुन । विराट बहिरा माविमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न माग राखेर आज तालाबन्दी गरेका छन् । विराटनगर ५ स्थित विराट बहिरा माविको कक्षा ५ देखि १० सम्म अध्ययनरत एक सय विद्यार्थीले सामुहिक हस्ताक्षर गरि प्रधानाध्यापक मिनु अधिकारीको कार्यकक्षमा तालाबन्दी गरिएको विद्यार्थीहरुले बताएका छन् । विद्यार्थीहरुले सवै शिक्षकहरुले सांकेतिक भाषा माध्यमबाट पढाउने र सिकाउने वातावरण […]
विराटनगर ६ फागुन । कोशी विचार उत्सव २०२५ को तयारी अन्तिम चरणमा पुगेको छ । कोशी प्रदेशको राजधानी विराटनगरमा आयोजना हुने उत्सवमा राजनीति, अर्थतन्त्र, उद्यमशीलता, शिक्षा, स्वास्थ्य, खेलकुद, संस्कृति, पर्यटन, पर्यावरण र कृषि लगायतका विषयमा गहन विचार–विमर्श हुने आयोजक वीणा फाउन्डेसनले जनाएको छ । फागुन १५, १६ र १७ गते आयोजना हुने उत्सवमा वर्तमान राजनीतिक […]
विराटनगर, ६ फागुन । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले आगामी फागुन १२ गतेदेखि सुरु हुने ‘जनतासँग माओवादी, तराई–मधेश जनजनगरण अभियान’का क्रममा अन्य पार्टीका हजारौं कार्यकर्ता भित्र्याउने दाबी गरेको छ । कोशी प्रदेश परिषद बैठकको निर्णय सार्वजनिक गर्न सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्र कोशी प्रदेशले यस्तो दाबी गरेको हो । उक्त अभियान […]
विराटनगर ५ माघ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भूमि सम्बन्धि समस्या समाधान नगरे मुलुकको विकराल समस्या आइपर्ने बताउनुभएको छ । आज विराटनगरमा भूमि समस्या समाधान आयोगको प्रदेशस्तरीय अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले तीन वर्षभित्र भूमिसम्बन्धि सबै समस्या समाधान गर्ने गरी बनाएको भूमि समस्या समाधान आयोगले तीन वर्षभित्रमा सबै कार्यभार पुरा गर्नुपर्ने बताउनुभयो । […]
विराटनगर ५ फागुन । नेपालमा जातीय तथा लैङ्गिक आधारमा महिला र बालिकामाथि हुने हिंसा बढ्दो क्रममा रहेको छ । २०२३ को नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवधिभर प्रकाशित विषयवस्तुमा केन्द्रित भएर गरिएको विश्लेषणमा प्रदेशगत रुपमा मधेश प्रदेशमा सवैभन्दा बढी हिंसा हुने गरेको देखिएको छ । आईतबार दलित महिला संघ […]