एमाले विराटनगर वडा अधिवेशन : काफ्ले, तिम्सिना र शर्मा निर्वाचित

विराटनगर १८ साउन । नेकपा एमाले विराटनगर अन्तरगतका तीन वटा वडामा मतदान प्रकृयाबाट नेतृत्व चयन गरिएको छ ।
सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि विराटनगर ४,१० र १४ मा मतदान गरिएको थियाे ।

मतदान प्रकृयाबाट वडा नं ४ मा नवराज काफ्ले निर्वाचित हुनु भएकाे छ । शनिबार अवेर सम्पन्न मतपरिणाम अनुशार काफ्लेले १४६ मत ल्याएर विजयी हुनु भएकाे छ । उहाँले वडा कमिटी अध्यक्षका प्रत्यासी राधेश्याम घिमिरेलाई ९९ मतान्तरले पराजित गर्नुभयाे ।

काफ्लेले १४६ मत ल्याउँदा घिमिरेले ४७ मत प्राप्त गर्नु भएकाे थियाे । ३ मत बदर भएकाे निर्वाचन समितिले जनाएको छ ।

काफ्ले यसअघि पनि साे वडाकाे अध्यक्ष हुनुहुन्थ्यो । उहाँले पार्टीका गतिविधि वडामा निरन्तर गर्दै आउनु भएकाे छ । उहाँको नेतृत्वमा वडामा सिर्जनात्मक कामहरू भएका छन् ।

मतदान प्रकृयाबाट विराटनगर १० मा कृष्ण तिम्सीना निर्वाचित हुनु भएको छ । उहाँले महेश मण्डललाई पराजित गर्नुभयो । तिम्सीनाले ४७ र मण्डलले ३६ मत प्राप्त गर्नुभयो ।

विराटनगर १४ मा सन्तोष शर्मा निर्वाचित हुनुभयो । उहाँले ६२ मत प्राप्त गर्नुभयो । शर्माका निकटतम प्रतिद्धन्द्धी दयाराम महतोले ४३ मत प्राप्त गर्नुभयो ।

विराटनगरका १९ वटा वडा मध्ये १४ वटामा सर्वसम्मत नेतृत्व चयन भएकाे छ । २ वटामा स्थगित भएकाे छ । स्थगित अधिवेशन साउन २५ गते हुने महानगर कमिटी सचिव विज्ञान शर्माले जानकारी दिनुभयाे ।

१७ वटा वडाकाे अधिवेशन शनिबार एकै दिन सम्पन्न भएकाे छ ।