सुनसरीकाे १२ पालिका मध्ये आठ पालिकाकाे १२ वडाकाे नतिजा सार्वजनिक

सुनसरी, जेठ १ गते । सुनसरी जिल्लाकाे १२ पालिका मध्ये आठ पालिकामा १२ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । जसमा इनरुवा नगरपालिका–१ नम्बर वडामा नेपाली काग्रेंसको प्यानल विजयी भएको छ भने दुहवी नगरपालिका १ मा र सीमावर्ती वर्जु गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । सीमावर्ती हरिनगर गाउँपालिका वडा […]

विराटनगर उपमेयर उम्मेदवार शिल्पा कार्कीको विरुद्धको मुद्धा ‘हेर्न नमिल्नेमा’

विराटनगर, २८ वैशाख । एमालेबाट विराटनगर महानगरपालिकाको उपमेयरको उम्मेदवार शिल्पा निराला (कार्की) विरुद्धको मुद्दाको सुनुवाइ सरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको इजलासमा पेसी रहेको उक्त मुद्दा हेर्न नमिल्ने हुँदै सुनुवाइ सरेको हो । उपमेयरका उम्मेदवार जसपाका अमरेन्द्र यादवले कोशी अस्पताल विकास समितिको सदस्य पदबाट राजीनामा नदिई उम्मेदवारी दिएको भन्दै सर्वाेच्चमा रिट […]

मुलुक बनाउने महाअभियानमा सहभागी बनौं : ओली

विराटनगर, २७ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनलाई सफल बनाएर मुलुक बनाउने महाअभियानमा सहभागी बन्न सबैमा आग्रह गरेका छन् । ‘समृद्ध नेपाल र सुखी नेपालीको अभियान एमालेले चलाइरहेको छ,’ उनले भने, ‘अभियानलाई सार्थक तुल्याएर मुलुक बनाउने महाअभियानमा सबै सहभागी बनौं ।’ मोरङको मिक्लाजुङ गाउँपालिकामा मंगलबार बिहान एमालेले आयोजना गरेको स्थानीय निर्वाचन […]

पाँच वर्षभित्र विराटनगरवासीले गर्व गर्न लायक विराटनगर बनाउँछु : नागेश कोइराला

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दलहरुले प्रचारप्रसारलाई तीव्रता दिएका छन् । मौनअवधि शुरु हुनैलाग्दा सम्म दलहरुको प्रचार प्रसार तीव्र छ । उनीहरुले घरदैलोसँगै चुनावीसभा, भेटघाट, अन्तरक्रियालगायतका कार्यक्रमलाई निरन्तरता दिइरहेका छन् । पाँच दलीय गठबन्धनबाट विराटनगर महानगरपालिकाको मेयर पदका उम्मेदवार नागेश कोइरालाले पनि चुनावी प्रचारलाई तीव्रता दिएका छन् । विराटनगर बनाउने भिजनसहित दृढ […]

मोरङ कटहरीका उम्मेदवार भन्छन्, ‘चुनावमा प्रतिस्पर्धा, चुनाव पछि एकता’

विराटनगर, २५ वैशाख । मोरङको कटहरी गाउँपालिकाका अध्यक्षका प्रत्याशीहरुले कटहरी गाउपालिकालाई राम्रो बनाउनको लागि सबै एक भएर लाग्ने बताएका छन् । संवाद समुह मोरङले आयोजना गरेको कार्यक्रममा उम्मेदवारहरुले स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि, सामाजिक सुरक्षा , सुकुम्वासी समस्या समाधानमा एक भएर लाग्ने बताएका हुन् । निर्वाचनको बेलामा भएका प्रतिबद्धतालाई नाराको रुपमा नल्याई नागरिकको जिवनसँग जोडेर जाने […]