इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी

विराटनगर १८ वैशाख । प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी हुनु भएको छ । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङ विजयी हुनु भएको हो । अघिल्लो निर्वाचनमा इलाम २ बाट सुहाङका बुवा सुवास नेम्वाङ विजयी हुनु […]

स्थिर सरकार बिना मुलुकको आर्थिक विकास असम्भव : कोइराला

विराटनगर १६ वैशाख । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थिर सरकार बिना मुलुकको आर्थिक विकासले फड्को नमार्ने बताएका छन् । मोरङका बूढीगंगा गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभाका सांसदसमेत रहेका नेता कोइरालाले स्थिर सरकार र सुशासनका लागि अहिलेको निर्वाचन प्रणालीलाई संशोधन गर्नुपर्नेमा जोड दिए । उनले स्थिर सरकार नभएकै कारण सोचजस्तो मुलुकको […]

कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत

काठमाडौं १३ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबारको प्रदेश सभामा कँडेलले २३ मत पाएका हुन् । कुल ४० सदस्यीय प्रदेश सभामा आज ३६ सांसद उपस्थित थिए । जसमध्ये विश्वासको मतको पक्षमा २३, विपक्षमा १२ र १ मत तटस्थमा परेको छ । कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेकपा […]

कोशीका मुख्यमन्त्रीले बैशाख २५ गतेसम्म विश्वासको मत लिनुपर्ने

विराटनगर ७ वैशाख । नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)ले कोशी प्रदेश सभामा दर्ता गराएको संकल्प प्रस्ताव बहुमतले पारित भएको छ । प्रदेश सभाको शुक्रबारको बैठकले उक्त बैठक पारित गरेसँगै मुख्यमन्त्री केदार कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएको छ । विश्वासको मत नलिएमा नयाँ सरकार गठनको तयारी थाल्न प्रदेश प्रमुखले आह्वान गर्नुहुनेछ । कोशीका […]

वर्तमान सत्ता गठबन्धनको समीकरण अव परिवर्तन नहुने : नेता खनाल

विराटनगर ७ वैशाख । नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनका दलहरुको समीकरण अव परिवर्तन नहुने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले पुरानो समीमकरण परिवर्तन गर्नुपर्ने आवश्यक्ता महशुस भएर नै नयाँ सत्ता गठबन्धन निर्माण गरेको स्पष्ट पार्नु भयो । पूर्व प्रधानमन्त्री समेत रहनु भएका नेता खनालले […]