विराटनगर, १४ फागुन । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित जागरण अभियानबाट जनतामा नयाँ चेतना अभिवृद्धि हुने बताउनु भएको छ । प्रेस सेनटर नेपाल, मोरङशाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले दक्षिणी क्षेत्रमा बसोबास गर्ने आदिवासी, जनजाति, मधेशीको मुद्दालाई स्थापित गर्न जागरण अभियानले बल दिने कुरामा जोड […]
विराटनगर १३ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता जागिसकेकाले अब कसैले जनताको अधिकार खोस्न नसक्ने बताउनु भएको छ । अधिकार खोस्ने प्रयास गरे महँगो पर्ने उहाँको चेतावनी छ । ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’अन्तर्गत आज मोरङको रतुवामाई नगरपालिकामा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताउनु भएको हो । कसैको दया–मायाबाट […]
विराटनगर १२ फागुन । नेकपा माओवादी केन्द्र कानेपोखरीले जनसभाका लागि विद्यालय बन्द गर्न दवाव दिएको छ । कानेपोखरी ६ रमाइलोमा तराई–मधेश जागरण अभियान अन्र्तगतको जनसभा कार्यक्रमका लागि मोरङ कानेपोखरीका ४ वटा विद्यालयलाई पत्र पठाएर विद्यालय बन्द गर्न दवाव दिएको हो । बालजगत इंग्लिस बोर्डिङ स्कुल, पल एकेडेमी, माउण्ड हर्माेन एकेडेमी र जेनिथ इंग्लिस बोर्डिङ स्कुललाई […]
विराटनगर ११ फागुन । नेकपा एमाले कोशी प्रदेश संसदीय दलले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा भएको विवाद समाधानका लागि सरकारको ध्यानाकर्षण गराएको छ । एमाले संसदीय दलको तर्फबाट आइतबार बसेको कोशी प्रदेशसभाको बैठकमा विशेष समय लिएर बोल्दै दलका उपनेता तिलकुमार मेन्याङ्बोले अशान्ति र तनावको अवस्थालाई लामो समयसम्म नराख्न आग्रह गर्नुभयो । ‘अहिलेको परिस्थितिलाई नै सँधैभरी राखिरहनु […]
विराटनगर ११ फागुन । नेकपा माओवादी केन्द्र कोशी प्रदेश समितिले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा भएको विवाद समाधानका लागि मन्त्रीस्तरिय वार्ता समिति बनाउन माग गरेको छ । माओेवादी कोशीका अध्यक्ष हर्क बहादुर नेम्वाङले आईतबार विज्ञप्ती जारी गर्दै यस्तो माग गरेका हुन् । केबलकार निर्माणको विरोधमा उत्रिएको समूह र प्रहरीबीच पटक–पटक भएको झडपमा दर्जनौं घाइते भएको बताउँदै […]