एमाले विराटनगर महानगरले आज मोटरसाईकल र्याली निकाल्दै

विराटनगर २५ कात्तिक । नेकपा एमाले विराटनगर महानगर कमिटीले आज बृहत मोटरसाईकल र्याली निकाल्ने भएको छ । विहान ११ वजे पार्टी कार्यालय पाञ्चालीबाट मोटसाईकल र्याली शुरु हुने महानगर कमिटीका अध्यक्ष बलराम गिरीले जानकारी दिनुभयो । जेनजी आन्दोलनका माग संवोधन गर्नका लागि संविधान संशोधनबाट मात्रै संभव हुने भएकाले संसद पुर्नस्थापना गर्नु पर्ने माग राखेर मोटरसाईकल र्यालीको […]

महागुरु फाल्गुनन्दको १४१ औँ जयन्ती मनाइँदै, कोशी प्रदेशमा सार्वजनिक विदा

विराटनगर २५ कात्तिक । किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१ औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उहाँको महत्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गरेका थिए। यसलाई सत्य […]

स्वास्थ्य क्षेत्रमा विराटनगर महानगरको उल्लेख्य सुधार, १७ पालिकामध्ये तेस्रो हुन सफल

विराटनगर २४ कात्तिक । विराटनगर महानगरपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार गरेको छ । मोरङ जिल्ला स्तरीय स्वास्थ्य कार्यक्रमहरूको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक समीक्षा कार्यक्रममा १७ पालिकामध्ये विराटनगर तेस्रो स्थानमा पर्न सफलभएको छ । अघिल्लो आर्थिक वर्षभन्दा विराटनगर १६ औं स्थानबाट पाँचौं भएको थियो । पछिल्लो ६ महिनामा गरेको कार्यप्रगतिका कारण महानगरले महत्वपूर्ण उपलब्धि हासिल […]

सुनसरी देवानगञ्जका पालको उपचारमा सहयोग गर्न अपिल

विराटनगर २४ कात्तिक । आर्थिक अवस्था कमजोर भएका सुनसरीको देवानगञ्ज १ का ४० बर्षीय बुधराम पालमा स्वास्थ्य उपचारमा सहयोग गर्न परिवारका सदस्यहरुले आग्रह गरेका छन् । आर्थिक अवस्था कमजोर भएका कारण मजदुरी गरेर परिवार चलाउँदै आउनु भएका पालको काम गर्ने क्रममा टाउकोमा चोट लागी गम्भीर घाईते हुनु भएको छ । उहाँको गोल्डेन अस्पताल विराटनगरको भेन्टिलेटर […]

लायन्स क्लब अफ बिराटनगर सेन्ट्रलद्धारा भोजपुरका दुई विद्यालयका विद्यार्थीलाई न्यानोकपडा र शैक्षिक सामग्रीहरु वितरण

विराटनगर २४ कात्तिक । लायन्स क्लब अफ बिराटनगर सेन्ट्रलले अपाङ्गता भएका विद्यार्थी अध्ययन गर्ने भोजपुरका दुई विद्यालयका विद्यार्थीलाई शनिबार न्यानोकपडा र शैक्षिक सामग्रीहरु वितरण गरेको छ । भोजपुर टक्सारको यसोधरा माध्यमिक विद्यालयको बौद्धिक अपाङ्गता श्रोत कक्षामा अध्यनरत विद्यार्थीलाइ जाडोको लागि व्याङ्केट, ज्याकेट, टोपी वितरण गरिएको छ । त्यसैगरि सोही विद्यालयमा अपाङ्गता भएका विद्यार्थीका लागि सञ्चालित […]