विराटनगर २४ कात्तिक । लायन्स क्लब अफ बिराटनगर सेन्ट्रलले अपाङ्गता भएका विद्यार्थी अध्ययन गर्ने भोजपुरका दुई विद्यालयका विद्यार्थीलाई शनिबार न्यानोकपडा र शैक्षिक सामग्रीहरु वितरण गरेको छ ।
भोजपुर टक्सारको यसोधरा माध्यमिक विद्यालयको बौद्धिक अपाङ्गता श्रोत कक्षामा अध्यनरत विद्यार्थीलाइ जाडोको लागि व्याङ्केट, ज्याकेट, टोपी वितरण गरिएको छ । त्यसैगरि सोही विद्यालयमा अपाङ्गता भएका विद्यार्थीका लागि सञ्चालित भान्साका लागि आवस्यक सामना वितरण गरिएको लायन्स क्लब अफ बिराटनगर सेन्ट्रलकी सदस्य लुना श्रेष्ठले जानकारी दिनुभयो । त्यसैगरि बहिरा आवासीय आधारभुत विद्यालय भोजपुर ९ का विद्यार्थीलाई न्यानो कपडा ज्याकेट, टोपी, कापि पेन, खेलकुदका सामग्री वितरण गरिएको छ ।
सामग्री वितरण कार्यक्रममा लायन्स डिष्ट्रिक्ट ३२५ सीका पुर्व गभर्नर बिजयहरि शर्मा, उद्योग बाणिज्य महासंघ कोशी प्रदेश सदस्य धुव्र श्रेष्ठ , राजन श्रेष्ठ , नागरिक समाजका जिल्ला अध्यक्ष, स्कुल सञ्चालक समिति अध्यक्ष, स्कुलका प्रधानाध्यापकहरु, शिक्षक शिक्षिका क्लबका, पुर्वअध्यक्ष लगायत गरि१४ जना क्लब सदस्यको रोहवरमा हस्तान्तरण गरिएको सदस्य श्रेष्ठले बताउनुभयो ।
