कोशी प्रदेश प्रमुख सचिव पौडेलको सरुवा

विराटनगर १० मंसिर । कोशी प्रदेश प्रमुख सचिव चन्द्रकला पौडेलको सरुवा भएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले पौडेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवमा सरुवा गरेको छ । पौडेल कोशी प्रदेशको पहिलो महिला प्रमुख सचिव हुन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएसँगै सो मन्त्रालयले पनि पहिलो पटक महिला सचिवको नेतृत्व पाएको […]

माइती नेपाल विराटनगरद्धारा डिजिटल हिंसा, अनलाइन ठगी तथा बेचबिखन पहिचान सम्बन्धी अभिमुखीकरण

विराटनगर ९ मंसिर । माइती नेपाल विराटनगरले ‘१६ दिने लैङ्गिक हिंसा अन्त्य अभियान’ अन्तर्गत डिजिटल हिंसा, अनलाइन ठगी तथा बेचबिखन पहिचान सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको सुरुवातमा माइती नेपाल विराटनगरका संयोजक विनोद पोखरेलले कार्यक्रमको उद्देश्य, महत्व, तथा १६ दिने अभियानाबारे जानकारी गराउनुभएको थियो । कार्यक्रममा माइती नेपालकी मनोपरामर्शकर्ता गिताञ्जली शर्माले डिजिटल हिंसा, […]

एमाले महाधिवेशन : मोरङमा ४६ प्रतिनिधिका लागि १४५ जनाको उम्मेदवारी

विराटनगर ९ मंसिर । नेकपा एमालेको आसन्न ११ औं राष्ट्रिय महाधिवेशनमा मोरङबाट ४६ जना प्रतिनिधिका लागि १४५ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभा ६ र दलित एक गरि ७ वटा निर्वाचन क्षेत्रका निर्वाचन समितिमा महाधिवेशन प्रतिनिधिहरुले उम्मेदवारी दर्ता गराएका हुन् । २१ खुला, १५ महिला, ३ दलित र ७ यूवा प्रतिनिधिका लागि १४५ जनाको उम्मेदवारी […]

बाँतर सरदार समाजलाई कटहरी ५ द्वारा फर्निचरका सामग्री हस्तान्तरण

विराटनगर ९ मंसिर । मोरङको कटहरी गाउँपालिका वडा नंम्बर ५ ले एक लाख ५० हजार रुपैयाँ बरावरको अफिस नेपाल बाँतर सरदार समाज कल्याणकारिणी केन्द्रीय समितिलाई फर्निचरका सामग्री र प्लाष्टिक कुर्सी हस्तान्तरण गरेको छ । कटहरीमा आयोजित कार्यक्रमका बीच वडाअध्यक्ष सम्पतलाल सरदारले आज नेपाल बाँतर सरदार समाज कल्याणकारिणी केन्द्रीय समितिलाई फर्निचरका सामग्री र प्लाष्टिक कुर्सी हस्तान्तरण […]

भारी छुटसहित विराटनगरमा हिरोको एक्सचेन्ज मेला

विराटनगर, ८ मंसिर । हिरो मोटरसाईकलको आधिकारिक विक्रेता लक्ष्मी ट्रेडिङ हाउस प्रा. लि. ले आइतबारदेखी विराटनगरको बरगाछीमा एक्सचेन्ज मेला (मंसिर ७ देखी १२ सम्म) सञ्चालनमा ल्याएको छ । बरगाछी उत्तरपट्टी राधारमण मन्दिर छेउमा आउँदो शुक्रबार सम्म चल्ने मेलामा विभिन्न नगद छुटका साथै बिभिन्न सामानहरु निःशुल्क प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । मेला अवधिभरमा मेलास्थल […]