विराटनगर १५ साउन । मापदण्डविपरीत माछा मासु व्यवसाय सञ्चालन गरेको व्यापक गुनासो आएपछि विराटनगर महानगरपालिकाले माछा मासु पसलको अनुगमनलाई तीव्रता दिएको छ । महानगरको कृषि तथा पशुपंक्षी शाखाका संयोजक हीरालाल यादवको नेतृत्वमा महानगरका विभिन्न क्षेत्रमा सञ्चालित माछा मासु पसलको अनुमन गरिएको थियो । विराटनगर–९ पुरानो गुद्रीमा सञ्चालित अलिहसन मियाँको पसलबाट १५ किलो, सोहराव कुरेसी, न्यू […]
विराटनगर १५ साउन । नेपाल निजामती कर्मचारी संगठन मोरङले शहीद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवसको अवसरमा वृक्षारोपण तथा विराटेश्वर वृद्ध आश्रमका वृद्धवृद्धालाई भोजन गराएको छ । नेपाल निजामती कर्मचारी संगठन, मोरङका अध्यक्ष शालिग्राम कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सल्लाहकार समिती सदस्य जिवन काफले ,केन्द्रीय सदस्य काशीराज पराजुली, संगठनका पदाधिकारी, सदस्य तथा विभिन्न सरकारी कार्यालयका कर्मचारीहरूको […]
विराटनगर १५ साउन । कोशी प्रदेश सभाको आज बैठकमा खानेपानी तथा सरसफाई सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ माथि प्रतिवेदन सहित छलफलको लागि प्रस्ताव पेश गरिएको छ । प्रदेशका खानेपानी, सिंचाई तथा उर्जा मन्त्री एकराज कार्कीले प्रदेश सभा नियमावली, २०७४ को नियम १०७ को उपनियम (२) को खण्ड (क) वमोजित छलफलका लागि प्रस्ताव सभामा पेश […]
विराटनगर १५ साउन । नेकपा एमाले मोरङले कार्यविभाजन गरेको छ । मोरङको सुन्दरहरैचामा आज सम्पन्न दोश्रो पूर्ण बैठकले कार्यविभाजन गर्ने निर्णय गरेको हो । पूर्ण बैठकले अध्यक्ष अजम्वर राईलाई स्थानीय विकास विभाग प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको छ । उपाध्यक्ष सागर थापालाई, स्थानीय मामिला तथा प्रशासन विभाग प्रमुख, सचिव सोमराज थापालाई, संगठन विभाग प्रमुख, उपसचिव […]
विराटनगर १४ साउन । ब्राइट भिजन ल कलेज विराटनगरमा नमूना अदालत (मुट कोर्ट) प्रतियोगिता गरिएको छ । कोशी प्रदेशमा पहिलो पटक ब्राइट भिजन कलेजले आयोजना गरेको प्रतियोगितामा कलेजका ७२ जना विद्यार्थीको १८ वटा समूह बनाएर प्रतिष्पर्धा गरिएको थियो । आईतबारदेखि शुरु भएको प्रतियोगिताको आज सम्पन्न फाइनलमा लोकेश धाडेवा, प्रतिक गौतम, आकृति खनाल, मनिष सिग्देलको टोली […]