नेपाल दूरसञ्चार सेवाको गुणस्तर कमजोर रहेको विज्ञहरूको भनाई

विराटनगर १२ फागुन । दूर सञ्चार सम्बन्धी कानुन र समग्र दूरसञ्चार सेवाको वर्तमान अवस्थाको बारेमा विराटनगरमा एक दिने कार्यक्रम आज विराटनगरमा सम्पन्न भएको छ । दुरसञ्चार प्राधिकरणको आर्थिक सहयोगमा आधृत इंकले आयोजना गरेको कार्यक्रममा नेपाल दूरसञ्चार सेवाको गुणस्तर कमजोर रहेको विज्ञहरूले बताएका छन् । विराटनगरमा दूर सञ्चार सम्बन्धी कानुन र समग्र दूरसञ्चार सेवाको वर्तमान अवस्थाको […]

प्रदेश १ प्रहरी कार्यालयको नयाँ भवन

विराटनगर ११ फागुन । प्रदेश १ सरकारले निर्माण गरिदिएको प्रदेश प्रहरी कार्यालय भवनको आज उद्घाटन गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विनियोजन गरेको बजेटबाट प्रदेश राजधानी विराटनगरको रानीमा प्रदेश प्रहरी कार्यालयको नयाँ भवन बनेको हो । भवनको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्नुभएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार कार्की प्रदेशको आन्तरिक मामिला तथा […]

एमालेको मिसन ग्रासरुट अभियानः विद्यालयमा फुलबारी देखि तरकारीमा आत्मनिर्भरको योजना

विराटनगर ११ फागुन । नेकपा एमाले मोरङले पार्टी केन्द्रले आरम्भ गरेको मिसन ग्रासरुट अभियानमा विद्यालयमा फुलबारी अभियानदेखि तरकारीमा आत्मनिर्भर बन्ने अभियानसम्म सञ्चालन गर्ने भएको छ । फागुन ५ गते औपचारिक रुपमा संगठन सुध्रिढिकरण गर्ने उद्देश्यका साथ देशभर जनतासम्म पुग्नेगरि पार्टीका नेताहरुलाई जिम्मेवारि दिँदै आ–आफ्ना क्षेत्रमा परिचालन गरेको छ । सोहि अभियान अन्तर्गत हिजो बसेको एमाले […]

नेपालमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको नृत्य र गायन रियालिटी सो आयोजना हुदै, प्रथम पुरस्कार १ करोड

विराटनगर ११ फागुन । नेपालमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको नृत्य र गायन रियालिटी सो आयोजना हुदैछ । इन्ट्रा नेशनल वेल्फेर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले मेरो डान्स युनिभर्स र मेरो भ्वाईस युनिभर्स नामक अन्तर्राष्ट्रिय स्तरको रियालिटि सो को आयोजना गर्न लागेको हो । बुधबार झापाको दमकमा पत्रकार सम्मेलनको आयोजना गरेर सो को जानकारी दिइएको […]

पिताको स्मृतिमा विद्यालय भवन निर्माण

विराटनगर ११ फागुन । मोरङको रतुवामाई ९ मा स्थानीय स्वर्गीय नरेन्द्रबहादुर थापाका परिवारले विद्यालयको भवन निर्माण गरेका छन् । स्वर्गीय थापाले २०२२ सालमा स्थापना गरेको जनता माध्यमिक विद्यालयमा एक–एक कक्षा कोठाको २ तल्ले भवन निर्माण गरि विद्यालयका प्रधानाध्यापक इश्वर खनाललाई एक कार्यक्रमका वीच हस्तान्तरण गरिएको हो । स्वर्गीय थापाकी श्रीमती मैया थापा छोराहरु भैरव, ज्ञानेन्द्र, […]