नेपालमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको नृत्य र गायन रियालिटी सो आयोजना हुदै, प्रथम पुरस्कार १ करोड

विराटनगर ११ फागुन । नेपालमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको नृत्य र गायन रियालिटी सो आयोजना हुदैछ । इन्ट्रा नेशनल वेल्फेर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले मेरो डान्स युनिभर्स र मेरो भ्वाईस युनिभर्स नामक अन्तर्राष्ट्रिय स्तरको रियालिटि सो को आयोजना गर्न लागेको हो । बुधबार झापाको दमकमा पत्रकार सम्मेलनको आयोजना गरेर सो को जानकारी दिइएको हो ।

विश्वभर बस्ने नेपाली भाषीले सहभागिता जनाउन पाउने दुबै सोमा १८ वर्ष भन्दा माथीका प्रतियोगीले सहभागिता जनाउन पाउने आयोजकका राजेश घतानीले बताए । यस्तै दुबै सो का प्रथम पुरस्कार धनराशि १ करोडको रहेको छ भने दोश्रो ३० लाख र तेस्रो २० लाखको रहेको छ । सो मा कुनै सहप्रायोजक नरहेको र सम्पुर्ण आयोजना इन्ट्रा फाउन्डेसनले गर्ने घतानीले बताए ।

मेरो डान्स युनिभर्सको जर्जमा कलाकार मिथिला शर्मा,नायक दिलिप रायमाझी नृत्य निर्देशन शंकर बिसि , नायिका पृयन्का कार्की , केकि अधिकारी र नृत्य प्रशिक्षक नरमान राई रहेका छ्न ।
यस्तै मेरो भ्वाईस युनिभर्समा वरिष्ठ संगीतकार सुरेश अधिकारी, लोकप्रिय गायिका अन्जु पन्त , लोकप्रिय गायक शिव परियार , लोकप्रिय गायक पुस्पन प्रधान र गायिका सुजता वर्मा रहेका छ्न ।
सो को फिल्ड अडिसन अमेरिका, क्यान्डा, युरोप, दुबई र नेपालको नेपालगन्जमा हुदैछ । यस्तै प्रदेश १ भरिकै लागि झापाको दमक स्थित श्री सरस्वती मा बि ईट्टाभट्टामा २० र २१ गते हुदैछ । अडिसनमा लागि कुनै शुल्क तिर्न नपर्ने आयोजकले बताए । फिल्ड अडिसन पछि जर्ज अडिसन पनि दमकमा नै हुने आयोजकले बताएका छ्न । त्यसपछी यसको अन्तिम अडिसन नेपालको काठमाडौं, अस्ट्रेलिया र थाइल्यान्डमा हुनेछ । विश्वभरीका १२० जनालाई अन्तिम छनौट गरी नेपालको काठमाडौंमा प्रतियोगिता आयोजना गरिने छ र विभिन्न चरण गर्दै जर्ज द्वारा छनौट गरिनेछ र टप १२ देखि भोटिङ राउन्ड मार्फत जनताले नै चुन्न पाउने घतानिले बताए । यस्तै सो लाई नेपाल टेलिभिजन बाट प्रसारण गरिनेछ ।

यस्तै ४ जना भन्दा बढी ग्रुप डान्स लिएर आउनेलाई पनि स्थान दिइने र उनिहरुलाई छुट्टै प्रथम २० लाख,दोस्रो १५ लाख र तेस्रो ५ लाखको ब्यबस्था गरिएको घतानिले बताए । उनले नेपाली भाषा र संकृतीको संरक्षण र प्रवर्धनका लागि आयोजना गरिएको बताए । बुधबार भएको पत्रकार सम्मेलनमा आयोजक तर्फ सुरेन्द्र सर्मा,शंकर बिसि ,राम बानिया , भुपाल अधिकारी, नवीन सेडाई ,सुमन सुब्बा रहेका थिए ।

इन्ट्राको आयोजनामा मेरो डान्स कप युएसए – सिजन ४ र ‘मेरो भ्वाइस कप युएसए – सिजन २’ सफलता पुर्वक सम्पन्न गरिसकेका छन । इन्ट्रा नेशनल वेल्फेर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिका एक अमेरिकामा बसोबास गर्दै आएका भुटानी शरणार्थीहरुको सामाजिक लोककल्याणकारी सस्था हो । यसको अध्यक्ष डिल्ली अधिकारी रहेका छ्न भने नेपालका अध्यक्ष नायक दिलिप रायमाझी रहेका छन् ।