सुनसरीको बर्जुमा दादुरा प्रकोप, २९ जनामा संक्रमण पुष्टि

विराटनगर १५ फागुन । सुनसरीको बर्जु गाउँपालिकामा दादुरा संक्रमण फैलिएको छ । दुई हप्ताको अवधिमा बर्जुमा २९ जना दादुरा संक्रमित भेटिएका हुन् । बर्जुमा पहिलो पटक वडामा नम्बर २ मा ७ महिने शिशुमा दादुरा पुष्टि भएको थियो । हाल उक्त गाउँपालिकाको ६ मध्ये ४ वटा वडामा दादुरा संक्रमित बिरामी फेला परेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको […]

राप्रपाले प्रदेश १ सरकार तत्काल नछाड्ने

विराटनगर १५ फागुन । राप्रपाले तत्काल प्रदेश १ सरकार नछाड्ने भएको छ । राष्ट्रपति निर्वाचनका लागि नयाँ राजनीतिक समिकरण बनेपछि राप्रपाले संघ र प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा संघ र बागमती प्रदेशबाट राप्रपा बाहिरिएको छ । तर प्रदेश १ मा भने तत्काल नबाहिरिने भएको हो । राप्रपा प्रदेश १ संसदीय […]

गुरुकुलका विद्यार्थी दिक्षित, आजदेखि ‘साँढे’ मञ्चन हुने

विराटनगर १५ फागुन । आरोहण–गुरुकुल विराटनगरबाट नाट्य प्रशिक्षण लिएका १० विद्यार्थी दिक्षित भएका छन् । नेपाली रङ्गमञ्चको अग्रणी संस्था आरोहण–गुरुकुलले सञ्चालन गरेको २ वर्ष अवधिको आवासीय रङ्गमञ्चीय कला कार्यक्रममा सहभागी भएका विद्यार्थीलाई आइतबारहाटखोलास्थित सुशीला कोइराला नाटकघरमा एक समारोहकाबीच प्रमाणपत्र प्रदान गरिएको हो । नेपाली रंगमञ्चलाई व्यवसायिक बनाउने र गुरुकुल परम्परा अनुसार नाट्य अध्यापन गराउने गरेको […]

विद्युतीय सवारीसाधन उत्पादन गर्न नेपाली र कोरियन कम्पनीवीच सम्झौता

विराटनगर १३ फागुन । प्रदेश १ मा विद्युतीय सवारीसाधन उत्पादन गर्न नेपाल र कोरियाका दुई कम्पनीबिच सम्झौता भएको छ । हिजो कोरियामा भएको सम्झौतामा नेपालको एन के मोटर्स प्रालि र कोरियाको एसडीके कम्पनी बिच सम्झौता भएको हो । सम्झौता पत्रमा एन के मोटर्सका अध्यक्ष टिकाराम पुरी र कोरियन कम्पनीका कार्यकारी अध्यक्ष डेइ की जङ्गले हस्ताक्षर […]

मिसन ग्रासरुटः विराटनगर महानगर कमिटीले थाल्यो अभियान

विराटनगर १२ फागुन । नेकपा एमालेले देशब्यापी रुपमा थालेको ‘मिसन ग्रासरुट’ अभियानलाई विराटनगर महानगर कमिटीले पनि आरम्भ गरेको छ । आज महानगर कमिटीको विस्तारित बैठकले विभिन्न कार्ययोजना बनाउँदै अभियानको थालनी गरेको हो । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश १ का ईन्चार्ज राजेन्द्र गौतमको प्रमुख आतिथ्यतामा बसेको बैठकमा पोलिटब्यूरो सदस्य तथा अभियानका लागि विराटनगर […]