विराटनगर २८ भदौ । पुर्वाञ्चल विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालयका सहायक नियन्त्रकलाई विद्यार्थीले दुई घण्टा कार्यकक्षमा थुनेका छन् । इस्टन कलेज अफ इन्जिनियरिङ विराटनगरका विद्यार्थीले विभिन्न माग राखेर छलफल गर्न जादा कुरै नसुनी आफुहरु माथि सहायक परिक्षा नियन्त्रक अजयकुमार साहले अभद्र व्यवहार गरेको आरोप लगाएका छन् । पुर्वाञ्चल विश्वविद्यालयले भदौ २३ गते प्रकाशित गरेको परिक्षा केन्द्र […]
विराटनगर, २७ भदौ । विराटनगरमा जारी विद्यालय नाटक महोत्सवको छैठौं दिन भविष्य निर्माण मञ्चन भएको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा विराटनगरको सुम्निमा इङ्गलीस् स्कुलले विद्यार्थी अभिनित भविष्य निर्माण मञ्चन गरेको हो । विद्यालयका शिक्षक भावना कार्कीले परिकल्पना तथा निर्देशन गरेको देवकुमारी थापा कृत नाटकमा समाजको वातावरणले पार्ने प्रभाव देखाइएको थियो । नाटकमा आषिश चौधरी, […]
विराटनगर, २७ भदौ । आन्तरिक राजस्व वृद्धिका लागि विराटनगर महानगरपालिकाले सरोकारवालासित छलफल गरेको छ । आन्तरिक राजस्व वृद्धि नगरेसम्म विकास निर्माणले गति नलिने भन्दै सरोकारवालालाई बोलाएर प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा निराला कार्कीको उपस्थितिमा महानगरले छलफल गरेको हो । जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेलले करको दायरा बढाउनुपर्नेमा जोड दिए । उनले वडास्तरबाटै […]
विराटनगर, २७ भदौ । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले सरकारी गाडी फिर्ता गर्नु भएको छ । प्रदेशसभा सदस्य कोइरालाले आफूले प्रयोग गर्दै आएको सरकारी सवारीसाधन प्रदेशसभालाई आज फिर्ता गर्नु भएको हो । संसदीय दलको नेताको हैसियतमा प्राप्त गरेको को १ झ ६५४ नम्बरको गाडी उहाँले बुझाएको प्रदेशसभा सचिवालयले जनाएको छ । […]
विराटनगर, २६ भदौ । विराटनगरमा जारी विद्यालय नाटक महोत्सवको पाँचौ दिन चोर मञ्चन भएको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा रञ्जनीको रञ्जनी एकेडेमिक ई. टिचिङ स्कुलले श्याम साहको कथालाई नाटकमा उतारेको हो । विद्यालयका शिक्षक रमेशचन्द्र अधिकारीले परिकल्पना तथा निर्देशन गरेको नाटकमा चरम गरिबीको चपेटामा परेको, अभावहरुको भारले भुँइ भन्दा माथि आउन नसकेको बखतबहादुरको परिवारको […]