विराटनगर १४ चैत । सातौं संस्करणको विराट गोल्डकपको फाईनल प्रवेशका लागि आज शसस्त्र प्रहरीको एपीएफए र भारत केरलाको लुका सकर क्लववीच प्रतिष्पर्धा हुँदैछ । स्थानीय शहिद रंगशालामा साँझ पौने ७ वजे शुरु हुने खेलमा दुवै टोली उपाधि नजिक पुग्नका लागि प्रतिष्पर्धा गर्न लागेका हुन ।
क्वाटरफाईनलमा भुटानको ड्रुक लयुल फुटवल क्लवलाई पराजित गर्दै एपीएफ अन्तिम चारमा पुगेको थियो । भारत केरलाको लुका सकरले भने नेपाल पुलिस क्लवलाई पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेको हो । आजको विजेताले चैत १६ गते हुने फाईनल खेलमा आयोजक विराटनगर सिटि फुटवल क्लवसँग उपाधिका लागि प्रतिष्पर्धा गर्ने छ ।
प्रतियोगिताको विजेताले नगद २० लाख १५ हजार र उपविजेताले नगद १० लाख १५ हजार नगद पुरस्कार र ट्रफी हात पार्ने छ ।