विराटनगर १५ चैत । तीन वर्षदेखि ठप्प रहेको हुलाकी मार्ग निर्माण कार्य तत्काल सुचारु गर्न मोरङको कटहरी गाउँपालिकाका प्रमुखको ध्यानाकर्षण गराईएको छ ।
कटहरीको सिंघिया खोला देखि जुडि खोला सम्मको हुलाकी सडक निर्माण कार्य लामो समय देखि ठप्प भएको भन्दै स्थानीय नागरिक संघर्ष समितिले आज कटहरी गाउँपालिका प्रमुख देवराज चौधरीलाई ज्ञापनपत्र बुझाएको हो । निर्माण कार्य समयमा सम्पन्न नहुँदा सवारी दुर्घटनासँगै मानव स्वास्थ्यमा समेत असर गरेको स्थानीयको भनाई छ । सडक तथा कल्भर्ट भत्काएर अलपत्र पारिदा सवारी दुर्घटना बढेको, सुख्खा मौसममा धुलोले सडक र वरिपरिका बस्तीहरु धुलाम्वे हुँदा मानव स्वास्थ्यमा गम्भीर असर पर्ने र वर्षामा डुवानको समस्या भोग्नु पर्ने भएकोले तत्काल निर्माण कार्यलाई अगाडी बढाउन माग गरिएको नागरिक संघर्ष समितिका अध्यक्ष मृत्युन्जय झाले बताउनुभयो ।
कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले हुलाकी सडक निर्माणलाई आफुले पहल गर्दै आउको बताउनुभयो । उहाँले संघीय सरकार अन्र्तगतको कार्यक्रम भएकाले गाउँपालिकालाई यसको बारेमा बिस्तृत जानकारी नभएको बताउनु भयो । सडक निर्माणका कार्य तत्काल सुचारु ग्र्नका लागि पहल गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।
हुलाकी सडक अन्र्तगत कटहरीको सिंघिया खोला देखि जुडि खोला सम्मको ४ किलो मिटर सडक निर्माणको ठेक्का ३ वर्ष अघि श्रेष्ठ कन्स्ट्रक्सनले पाएको थियो ।