विराटनगर १३ चैत । विराट गोल्डकपमा आज देखि सेमीफाईनल चरणका खेलहरु शुरु हुदैछ ।
गएराती सम्पन्न चौथो क्वाटरफाईनल खेलको समाप्तीसँगै अन्तिम चारमा पुग्ने टोलीहरुको टुङ्गो लागेको छ । गएराती भारत केरलाको लुकासकरले संकटा क्लवलाई सडनडेथमा पराजित गरेसँगै क्वाटरफाईनल चरणका खेलहरु सकिएका हुन । स्थानीय सहिद रंगशालामा आज साँझ पौने ७ वजे हुने पहिलो सेमीफाईनलमा खेलमा आयोजक विराटनगर सिटी फुटवल क्लवले जावलाखेलको सामना गर्दै छ । आयोजक नेपाल पुलिसलाई पराजित गर्दै अन्तिम चारमा पुगेको हो । जावालाखेलले क्वाटर फाईनलमा नेपाल आर्मीलाई पाखा लगाएको थियो ।
आगामी चैत १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा स्वदेशी र विदेशीसहित ८ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा तीन विभागिय टिमहरु एपीएफ, त्रिभुवन आर्मी र नेपाल पुलिस क्लव, संकटा, जावालाखेल र आयोजक विराटनगर सिटी फुटवल क्लव, भारत केरलाको लुका सकर, भुटानको ड्रुक लयुल फुटवल क्लवले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको बिजेता हुने टिमले २० लाख १५ हजार र उपविजेताले १० लाख १५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।