विराटनगर, ४ भदौ । विराटनगरमा ५४ औं संस्करणको रथयात्रा भव्य रुपमा निकालिएको छ । गएका दुई संस्करण कोरोना महामारीका कारण हुन सकेको थिएन । दुई वर्षपछि निकालिएको रथयात्रामा उल्लेख्य सहभागिता रहेको छ । विराटनगर १ राधाकृष्ण मन्दिर परिसरबाट दिउँसो साढे ३ वजे निकालिएको रथयात्राले ९ किलोमिटर दुरी पारगर्दै सोही स्थानमा पुगेर समापन हुनेछ । यसअघि […]
विराटनगर, ४ भदौ । विराटनगर महानगरपालिकाले प्रदेश राजधानीसमेत रहेको विराटनगरलाई स्वच्छ, सुन्दर र सफा राख्ने उद्देश्यसहित हरेक शुक्रबार सरसफाई विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । महानगर क्षेत्रलाई उत्तरी, मध्य र दक्षिणी क्षेत्र गरी तीन भागमा बाँडेर सरसफाई विशेष अभियान सञ्चालन गरिने महानगरका मेयर नागेश कोइरालाले जानकारी दिनुभयो । आज बसेको बैठकले हरेक शुक्रबार […]
विराटनगर, ४ भदौ । राधाकृष्ण रथयात्राको ५४ औं संस्करण आज विराटनगरमा निकालिदैछ । श्रीकृष्ण जन्माष्टमीको भोलीपल्ट विराटनगरमा राधाकृष्ण रथयात्रा निकालिदै आईएको छ । विराटनगर १ स्थित राधाकृष्ण मन्दिर परिसरबाट शुरु हुने रथ पुन सोही ठाउँमा पुगेर समापन गर्ने गरिएको छ । कोरोना संक्रमणका कारण २ वर्ष सामान्य रुपमा निकालिएपनि यस वर्ष सर्वसाधारणको सहभागितामा रथ निकालिदै […]
विराटनगर, ३ भदौ । पछिल्लो २४ घण्टामा थप ६२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९४५ जनाको परीक्षणमा ६२३ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६२१ जनाको पीसीआर परीक्षण गर्दा २४६ जना र ३ हजार ३२४ जनाको एन्टिजेन परीक्षण गर्दा ३७७ जनामा […]
विराटनगर, ३ भदौ । विराटनगर–११ मा नवनिर्मित ज्येष्ठ नागरिक सामुदायिक भवनको आज एक समारोहका बीच उद्घाटन गरिएको छ । नवनिर्मित भवनको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दैै मेयर कोइरालाले ज्येष्ठ नागरिक खुल्ला किताब भएको बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई समाजले […]