झापा कारागारभित्र कैदीबन्दीबीच झडप

विराटनगर १९ साउन । कैदीबन्दी सरुवाको विषयलाई लिएर झापा कारागारमा झडप भएको छ । कारागारमा रहेका कैदी मनोज लावतीसहित केही कैदी बन्दीलाई सुनसरीको झुम्का कारागार सरुवा गर्ने निर्णयको विरोधमा कारागारमा शुक्रबार अपरान्हदेखि झडप सुरु भएको हो । कैदीबन्दीबीच झडप हुँदा कारागार भित्र आगजानी समेत गरिएको छ । कारागार भित्र धुवाको मुस्लो देखिएपछि भद्रपुर नगरपालिकासहित मेचीनगर […]

महानगरद्वारा डेंगु नियन्त्रण र रोकथामका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु

विराटनगर १९ साउन । विराटनगर महानगरपालिकाले डेंगु रोकथाम र नियन्त्रणको अभियान सुरु गरेको छ । महानगरले डेंगु सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान शुक्रबारदेखि सुरु गरेको हो । कार्यबाहक मेयर शिल्पा निराला कार्कीको उपस्थितिमा वडा नम्बर १ बाट अभियान सुरु गरिएको महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिनुभयो । १९ वटै वडाबाट […]

वडा तहदेखि नै सुशासन दिन नसके जनतामा असन्तुष्टि आउन सक्छ : कोइराला

विराटनगर १४ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले वडा तहदेखि नै सुशासन दिन नसके जनतामा असन्तुष्टि आउन सक्ने बताउनुभएको छ । मोरङको बूढीगंगा गाउँपालिका वडा नम्बर १ को नवनिर्मित प्रशासनिक भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले वडा तहदेखि नै सुशासन दिन सकेमात्रै जनताले संघीयताको महसुस गर्ने बताउनुभयो । उहाँले स्थानीय तहका […]

विराटनगर ८ द्धारा डेङ्गी रोग नियन्त्रणका लागि अभियान शुरु

विराटनगर १४ साउन । विराटनगर महानगरपालिकाले डेङ्गी रोग नियन्त्रणका लागि अभियान शुरुवात गरेको छ । अभियान अन्र्तगत वडा कार्यालयले आज खोज र नष्ट कार्यक्रम सम्वन्धि अभिमुखीकरण गरेको छ । डेङ्गी रोग नियन्त्रणका लागि वडा कार्यालयको नेतृत्वमा विद्यालय, टोल संगठन, सहकारी संस्थाका शेयर सदस्यहरु मार्फत अभियानलाई घर–घरमा पुर्याइने भएको छ । डेङ्गी रोगको सम्भावित महामारीको तयारी […]

कोशीमा नयाँ सरकार गठनबारे कांग्रेस–माओवादीका शीर्ष नेताबीच छलफल

विराटनगर, १३ साउन । कोशी प्रदेशमा देखिएको राजनीतिक संकट समाधानबारे सत्तारुढ दल माओवादी र कांग्रेसका शीर्ष नेताबीच छलफल भएको छ । आज बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापतिसमेत रहेका उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा र नेता कृष्णप्रसाद सिटौला लगायतले छलफल गरेका हुन् । सर्वाेच्चको अदालतको […]