आदर्श टोल विकास सस्थाको साधारणसभा सम्पन्न, अटिजम केयर सोसाइटीकी संस्थापक चुडाल सहितका व्यक्तिहरु सम्मानित

विराटनगर १ माघ । विराटनगर ४ को आदर्श टोल विकास सस्थाले १० औं वार्षिक साधारणसभा गरेको छ । गत शनिबार इन्द्रेणी पार्टी प्यालेसमा भएको कार्यक्रममा सस्थाका अध्यक्ष भुपप्रसाद बास्तोलाले वार्षिक प्रतिवेदन, लेखा समितिका संयोजक गणेश बिमलीले लेखा समितिको प्रतिवेदन, कोषाध्यक्ष विश्वराज पोखरेलले आर्थिक प्रतिबेदन पेश गर्नु भएको थियो ।

विराटनगर महानगरपालिकाका सामाजिक शाखा प्रमुख अनिता न्यौपानेको प्रमुख आतिथ्यतामा भउको कार्यक्रममा सिरडी सहकारीका अध्यक्ष बलराम पराजुली, जामुनगाछि खानेपानीका सचिव देवचन्द्र घिमिरे,जेष्ठ नागरिक समाजका अध्यक्ष भगवान झा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अटिजम केयर सोसाइटी विराटनगरकी संस्थापक तथा सामाजिक अभियन्ता मीरादेवी चुडाललाई मैया राइ स्मृति अक्षयकोषबाट सम्मानित गरिएको थियो । यस्तै सम्युता पराजुली, नेहारिका अधिकारी र सुलक्ष दाहाललाइ गणेशकुमार श्रेष्ठ स्मृति अक्षयकोषबाट नगद पुरस्कार सहित पुरस्कृत गरिएको थियो । साधारण सभामा सन्तति पुरस्कार, जेष्ठ नागरिक सम्मान कार्यक्रम समेत गरिएको   थियो ।
आदर्श टोल विकास संस्थामा १२४ घर धुरी सदस्य छन् ।