उद्योग संगठन मोरङको दुई दिने चेम्बर भ्रमण

विराटनगर २९ पुस । उद्योग संगठन मोरङले जिल्ला/नगर उद्योग वाणिज्य संघहरुहरुका साथ आपसी सम्बन्ध विस्तार र द्धिपक्षीय व्यवसायीक विकासको नया सम्भावना पहिल्याउने उद्देश्यका साथ दुई दिने चेम्बर भ्रमण तथा बि टु वि वैठक सम्पन्न गरेको छ ।

पुस २७ र २८ गते भएको भ्रमणमा उद्योग संगठन मोरङ कार्यकारी समिति, महिला उद्यमीहरु र नेपाली युवा उद्यमी मंच विराटनगर च्याप्टरका अध्यक्ष्ँ एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो । आर्थिक एवं औद्योगिक कृयाकलापहरु सुस्ताएको वर्तमान अवस्थामा उद्योग व्यवसाय क्ष्ँेत्रका साझा समस्याहरुको पहिचान गरी समाधानका लागि सामुहिक पहल गर्नका साथै व्यवसायिक अन्तरसम्बन्धको विकासका लागी बि टु बि वैठक आयोजना गरिएको संगठनका अध्यक्ष्ँ राकेश सुरानाले वताउनुभयो ।

उद्योग वाणिज्य संघहरुका साथ सम्पन्न अन्तरक्रियामा अध्यक्ष्ँले सुरानाले व्यवसायीक हितका लागि स्थापित संस्थाहरु बीचको सुमधुर सम्वन्धले संस्थागत सुदृढिकरण र व्यवसायीक हितका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विचार व्यक्त गर्दै आगामी दिनमा समेत यसप्रकारको भ्रमण निरन्तरता दिने वताउनुभयो ।

सुन्दरहरैचा, ईटहरी, धरान र संखुवासभा उद्योग वाणिज्य संघका प्रधिनिधिहरुका साथ भएको वेग्ला वेग्लै अन्तरक्रियामा व्यवसायीहरुले उद्यारो कारोवारले व्यवसायमा नकारात्मक प्रभाव पारेको भन्दै यो समस्या समाधानाका लागि सामुहिक पहल गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।