लायन्स क्लब अफ बिराटनगर सेन्ट्रलद्धारा भोजपुरका दुई विद्यालयका विद्यार्थीलाई न्यानोकपडा र शैक्षिक सामग्रीहरु वितरण

विराटनगर २४ कात्तिक । लायन्स क्लब अफ बिराटनगर सेन्ट्रलले अपाङ्गता भएका विद्यार्थी अध्ययन गर्ने भोजपुरका दुई विद्यालयका विद्यार्थीलाई शनिबार न्यानोकपडा र शैक्षिक सामग्रीहरु वितरण गरेको छ । भोजपुर टक्सारको यसोधरा माध्यमिक विद्यालयको बौद्धिक अपाङ्गता श्रोत कक्षामा अध्यनरत विद्यार्थीलाइ जाडोको लागि व्याङ्केट, ज्याकेट, टोपी वितरण गरिएको छ । त्यसैगरि सोही विद्यालयमा अपाङ्गता भएका विद्यार्थीका लागि सञ्चालित […]

विश्व रेडियोलोजी दिवसमा ११ जना सम्मानित

विराटनगर २३ कात्तिक । विश्व रेडियोलोजी दिवसका अवसरमा शनिबार बिहान विराटनगरमा प्रभातफेरी निकालिएको छ । नेपाल रेडियोलोजिकल सोसाइटी कोशी प्रदेशले प्रभातफेरी र सम्मान कार्यक्रमको आयोजना गर्दै दिवस मनाएको हो । सन् २०१२ देखि हरेक नोभेम्बर ८ का दिन अन्तर्राष्ट्रिय रूपमा ‘विश्व रेडियोलोजी दिवस’ मनाइँदै आएको छ । सोसाइटीले आयोजना गरेको प्रभातफेरीले नगरका विभिन्न भागको परिक्रमा […]

विराटनगरका बालबालिकालाई स्वर्णबिन्दु प्राशन खुवाईने

विराटनगर २१ कात्तिक । विराटनगरका बालबालिकाहरुलाई स्वर्णबिन्दु प्राशन खुवाईने भएको छ । मोरङमा चालु आर्थिक वर्षमा विराटनगर महानगरपालिकामा यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो । आगामी कात्तिक २५ गते कार्यक्रमको शुभारम्भ गरिने भएको छ । मोरङमा पहिलो पटक यो कार्यक्रम शुरुवात गर्न लागिएको हो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङले सरोकारवालाहरुका लागि आज विराटनगरमा आयोजना […]

एमाले निर्वाचनबाट भाग्दैन, चुनाव हुने वातावरण सरकारले बनाउन सकेन : एमाले नेता अधिकारी

विराटनगर २१ कात्तिक । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले सरकारले चुनाव हुने वातावरण बनाउन नसकेको बताउनुभएको छ । एमाले निर्वाचनबाट नभाग्दै भन्दै उहाँले सरकार चुनाव गराउने गरि नलागेको आरोप लगाउनुभयो । प्रेस चौतारी मोरङले आज विहान विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता अधिकारीले भन्नुभयो,‘ हामी चुनावबाट भाग्दैनौं । […]

कोशी प्रदेश सरकारले नयाँ सवारी खरिद नगर्ने

विराटनगर २० कात्तिक । कोशी प्रदेश सरकारले तत्काल नयाँ सवारीसाधन खरिद नगर्ने भएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मन्त्रालय र विभिन्न कार्यालयका गरी २६५ वटा सवारीसाधन जलेर ध्वस्त भएका थिए । कतिपय मन्त्रालय र कार्यालयमा आवश्यकताभन्दा बढी नै सवारीसाधन रहेकाले त्यसैलाई सही तरिकाले व्यवस्थापन गर्दै काम चलाउने नीति […]